FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • रोकिएन अवैध उत्खनन,गिटी बालुवा निकासीमा ठेकेदारको दादागिरी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    Post Thumbnail

    अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योग र प्राकृतिक स्रोत साधनको उत्खनन् रोक्न प्रदेश १ को संसदमा धेरै पटक आवाज उठेको छ । तर नियमक निकायले त्यस्ता उद्योग र अवैध उत्खनन् रोक्न सकेका छैनन । कोरोना भाइरस महामारीका कारण देश बन्दाबन्दीमा रहेको बेला मोरङको तेली खोला, लोहन्द्रा तथा बक्रा खोला लगायतमा मापदण्ड विपरीत खोला उत्खनन् भइरहेको छ ।

    जिल्ला समन्वय समिति मोरङका उपप्रमुख प्रदिप साहको नेतृत्वमा गठित टोलीले अनुगमन गरेका छन् । बन्दाबन्दीको मौका छोपी ठेकेदारले मनोमानी रुपमा खोलाको ढुङ्गा, गिटी र बालुवा उत्खनन् गर्न थालेपछि जिल्ला समन्वयन समिति मोरंगले अनुगमन गरेका छन् अनुगमन टोलिले केराबारीको खदम खोला ,भलुवा खोला, लेटाङको जाते स्तिथ तेली खोला, उर्लाबारीमा बक्रा खोला र बेलबारीमा लोहन्द्रा खोला लगायतका खोलामा मापदण्ड बिपरित उत्खनन गरेको पाईएको छ। अनुगमन टोलि लेटाङ नगरपालिका ( जातेको तेली खोला पुग्दा स्काभेटर प्रयोग गरि २० भन्दा बढी टिपरबाट खोलाजन्य सामाग्री ओसारपसार गर्दै देख्न सकिन्छ। यसमा स्थानिय निकाय मुख दर्शक बनेको छ भने मापदण्ड भन्दा बढी उत्खनन भएको जिल्ला समन्वयन समिति उप(प्रमुख प्रदिप साहको भनाई छ । बिकासको नाममा स्काभेटर तथा टिपरको प्रयोग गरि खोला जन्य सामाग्री उत्खनन तथा ओसारपसारमा केहि स्थानमा रोके पनि केहि स्थानमा मापदण्ड बिपरितको उत्खनन कार्य रोकिएको देखिएन । लेटाङ नगरपालिका उप (प्रमुख कृष्ण कुमारी निरौलाका अनुसार चिसांङ्ग खोलाको मापदण्ड १ मिटर हो भने तेली खोलाको १ दसमलब ६ मिटर हो तर यहाँ सो भन्दा अत्याधिक बढी उत्खनन भएको देख्न सकिन्छ । बन्दाबन्दीको मौका छोपी ठेकेदारले मनोमानी रुपमा खोलाको ढुङ्गा, गिटी र बालुवा उत्खनन् गर्न थालेपछि स्थानीय तथा जनप्रतिनिधि मौन छन । खोलाभित्रै क्रसर उद्योग खोल्ने, वनक्षेत्रबाट ढुङ्गा (गिट्टी निकाल्ने, एकैठाउँमा कोट्याइरहने जस्ता मनपरीतन्त्रले कतै बस्ती त् धराशायी हुने होइन । कतिपय खोलाहरू एकोहोरिएका छन् । मोरङका खोलानालामा असिमित ढुंगा(गिट्टी निकालिने गरेको छ । यसमा स्काभेटर र लोडरको भरपुर उपयोग गरिएको छ । उर्लाबारी १ स्थित पुर्व चारघरे र पश्चिममा चिसापानी बीच बक्रा खोला छ । त्यहाँ पुग्दा अनुगमन टोलिकै अगाडी स्काभेटर प्रयोग बालुवा निकाल्ने काम भईरहेको छ । बर्खायाममा बस्ति जोखिममा पुग्छ । स्थानिय बासिन्दा लक्ष्मी प्रसाद ढकाल भन्नुहुन्छ । खोलामा लोडर, स्काभेटर प्रयोग गर्न नपाइने नियम छ । क्रसर उद्योगहरूले लोडर, एक्जाभेटर खुलेआमै प्रयोग गरिरहेका छन् । उत्तरी मोरङमा मापदण्ड विपरीत खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्दा मोरङका खोेलानालाको स्वरुप बिग्रन थालेको छ । जिल्ला समन्वय समिति मोरङसँग गरेको सम्झौता विपरीत ठेकेदार र स्थानीय क्रसर उद्योगीहरुले मनोमानी रुपमा एक्साभेटर प्रयोग गरी ढुंगा(गिट्टी झिक्ने क्रम नरोकिदा खोलानालाको स्वरुपमा परिवर्तन आएको हो । त्यसै बेलबारी नगरपालिकाको कसेनीदेखि २ किलोमिटर दक्षिण ग्रामथान गाउँपालिकासंग जोडिएको लोहन्द्रा खोलामा पोखरी झैँ गहिरो खनेर स्काभेटरको प्रयोग गरि मापदण्ड बिपरित अबैध बालुवा उत्खनन भईरहेको ठाउँमा अनुगमन टोलि पुग्छन । यसबारे सो टोलिका जिल्ला समन्वयन समिति सदस्य पुलिस बिश्वास भन्नुहुन्छ । खोलामा स्काभेटर आदि मेसिन प्रयोग गरेर उत्खनन् गर्न प्रतिवन्ध लगाइएको भएपनि उद्योगहरुले दर्जनौं स्काभेटर खोला भित्रै राखेर ढुङ्गागिटी निकाली रहेका छन् । क्रसर उद्योगबाट करिव ५ सय मिटर आसपासको क्षेत्रमा खोलाको सतहबाट दुई फिट गहिराइसम्म ढुङ्गा गिट्टी उत्खनन गर्न पाइने भए पनि कतिपय स्थानमा सात फिट गहिराइसम्म उत्खनन गरिएको छ । क्रसर उद्योगहरुले प्रायःजसो धेरै स्थानमा एक्साभेटरको प्रयोग गरी ढुङ्गा, गिट्टी र बालुवा निकाल्दै आएका छन् । क्रसर उद्योगहरुले कतिपय वन क्षेत्रमा पनि जथाभावी उत्खनन् गरेको अनुगमनमा पाइएको छ । यसमा स्थानिय तह देखि लिएर संघिय सरकारले मापदण्ड बिपरित उत्खनन गरेको कार्य समयमै रोक्न जरुरि देखिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित