- Loading...
रामपुर वर्णशङ्कर १० मकै व्यावसायिक खेतीका लागि तयार
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको

राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमले उत्पादन गरेको नेपालको रामपुर वर्णशङ्कर १० मकै व्यावसायिक खेतीका लागि तयार भएको छ । अनुसन्धान कार्यक्रमका संयोजक डा. केशवबाबु कोइरालाका अनुसार यसअघि कार्यक्रमले गौरव, खुमल २, रामपुर वर्णशङ्कर २, ४, ६ र ८ को व्यावसायिक उत्पादनका लागि पठाइसकेको छ । उहाँका अनुसार पछिल्लो पटक उत्पादन गरिएको रामपुर १० पनि यस वर्षदेखि नै बजारमा पठाइएको छ ।


गौरव र रामपुर वर्णशङ्कर तराई भित्री मधेस र टारहरूका लागि तथा खुमल जात पहाडी क्षेत्रका लागि विकास गरिएको बताएको छ । अहिले गौरवबाहेक सबै बीउ बजारीकरण भइरहेका छन् । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक डा. महेन्द्र त्रिपाठीका अनुसार गतवर्ष बीउ उत्पादनका लागि प्रमाणित भएपछि यसवर्ष चितवनलगायत देशका विभिन्न पाँच स्थानमा निजी क्षेत्रबाट बीउ उत्पादन भइरहेको छ । देव कृषि फार्म चितवनबाट र महारानी झोडा झापाबाट ६ देखि आठ टन, लुम्बिनी सिड कम्पनी रुपन्देहीबाट आठदेखि दस टन, युनिक सिड धनगढीबाट १२ देखि १५ टन, पञ्चशक्ति धनगढीबाट पाँचदेखि सात टन बीउ उत्पादनको तयारी छ । यस्तै नेपालमा ९ लाख ९४ हजार हेक्टर जमिनमा मकै खेती गरिने गरेको रामपुरले जानकारी दिएको छ ।

