FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ढुंगा, बालुवा, गिटी लगायतका नदीजन्य पदार्थ उत्खनन् खुल्ला

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २४ पटक पढिएको
    Post Thumbnail

    सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लगाएको लकडाउनका बेला अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाएको छ । तर कपिलवस्तुमा भने ढुंगा, बालुवा, गिटी लगायतका नदीजन्य पदार्थ निकाल्न पाइने भएको छ ।

    मंगलबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले त्यस्तो निर्णय गरेको हो । केन्द्रको निर्णयमा नदीजन्य पदार्थहरू पूर्ववत् रुपमा संकलन तथा ढुवानी’ गर्न पाइने भनिएको छ । जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा नदीजन्य पदार्थ संकलन तथा ढुवानी अनुमति बिनै गर्न पाइने उल्लेख गरिएको छ । तर अन्य निर्माण सामाग्री तथा वित्तीय संस्था सञ्चालन गर्न निश्चित अवधी निर्धारण गरिएको छ । यस्तै केन्द्रले खाद्य सामाग्री सञ्चालन गर्दासमेत तोकिएको शर्तको अधीनमा रही जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भनिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरू, विद्युतीय सामाग्री उत्पादन गर्ने उद्योग इँटा, छड, फर्निचर उद्योग लगायत सञ्चालनका लागि अनुमति लिनुपर्ने उल्लेख छ । तर गिटी, बालुवा, ढुंगालगायतका नदीजन्य पदार्थ उत्खनन् र ढुवानी गर्दा भने अनुमति लिनु नपर्ने बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित