FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बटुवाका किसानले गोरेटो बाटो निर्माण

    • कृषि टि.भी.
    • २ साल अघि
    • २२ पटक पढिएको
    Post Thumbnail

    गल्याङ नगरपालीका २ बटुवा स्याङजाका किसानले उत्पादन गरेको सामाग्री ढुवानी गर्न गोरेटो बाटो निर्माण भएको छ । यसअघि स्थानीयले उत्पादन गरेको कृषि उपज बाटो कै समस्याले बजार पुग्न सकेको थिएन । गल्याङ नगरपालिका दुई बटुवा चिलानथुम्का गाउँका २५ घरपरिवार स्थानीय कृषिमा आबद्ध छन ।

    उनीहरुलाई पशुआहारा खरिद गर्न तथा उत्पादित दुधजन्य पदार्थ विक्री वितरणका लागि बजारको समस्या हुँदै आएको थियो । गाउँको बिचमा रहेको बाटो जोखिमपुर्ण रहेकाले पनि दैनिक आवत जावतमा स्थानीयलाई समस्या थियो । तर पछिल्लो समय कृषि व्यवसायमा आकर्षण बढेसँगै शहर पसेकाहरु गाउँ फर्किन थालेका छन । उनीहरुसँगै गाउँमा नयाँ बाटो निर्माणपछि किसानको उत्पादनले बजार पाउने आश पलाएको टोल सुधार समितीका अध्यक्ष भिमप्रसाद भण्डारीले बताउनुभयो । सोही नगरपालीकाबाट गाई तथा भैसीपालन, अदुवा र कागती खेतीका लागि किसानलाई प्रत्येक वर्ष अनुदान दिदै आएको छ । आर्थिक क्रान्तिमा लागेको नगर क्षेत्रमा गोरेटो वाटो निर्माणले कृषि उत्पादन तथा ढुवानीका लागि किसानलाई टेवा मिल्ने देखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित