FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बन्दाबन्दीका कारण बजारमा धानको बीउ अभाव

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ४२ पटक पढिएको
    Post Thumbnail

    कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण बजारमा अत्यधिक माग हुने धानको बीउ अभाव देखिएको छ । अहिले दाङ जिल्लामा युएस ३१२ हाइब्रिड धानको बीउ किसानको रोजाइँमा पर्ने गरेको छ । अन्य धानको तुलनामा छिटो पाक्ने, पानी कम हुने जमिनमा पनि उब्जाउ हुने, उत्पादन पनि स्थानीय जातको भन्दा झण्डै दोब्बरले बढी हुने हुँदा उक्त धान किसानको रोजाइँमा परेको हो । तर किसानको अत्यधिक माग रहेको सोही धानको बीउको अभावले स्थानीयमा चिन्ता थपिएको छ ।

    धानको ब्याड राख्ने बेला भइसके पनि तुलसीपुर बजारभर हाइब्रिड धानको बीउ नपाइएको तुलसीपुर–७ घुसेरीका किसान टोपबहादुर विकले बताउनुभयोे । अझै १२÷१५ दिनसम्ममा धानको बीउ बजारमा नआए खेत बाँझै हुने सोही क्षेत्रका स्थानीयले बताएका छन । त्यस्तै घोराही–६ लखवारकी स्थानीय सीता नेपालीले पनि एक हप्ता पहिले बजारका एग्रोभेट पसलहरुमा धानको बीउ खोज्दा नपाएको गुनासो छ । तर लकडाउन हुनुअघि जिल्लामा ६०० क्विन्टल सोही जातको बीउ भित्रिए पनि अझै अपुग भएको बिटी एग्रोभेट तलसीपुरका सञ्चालक निर्मल आचार्यले भनाई छ । विगतका वर्षहरुमा ७० देखि ८० क्विन्टल बेच्ने गरेकामा यसवर्ष ४५ क्विन्टल मात्र बिक्री भएको सौर्य एग्रोभेट घोराहीका सञ्चालक हीरालाल थापाले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित