FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • धानको पकेट क्षेत्रमा मलको हाहाकार

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    Post Thumbnail

    देशकै अन्न भण्डारको रुपमा परिचित बर्दियास्थित धानको पकेट क्षेत्रमा मलको हाहाकार भएको छ । वर्षे तथा हिउँदे धानखेती गरिने राजापुर क्षेत्रमा रासायनिक मलको अभाव हुँदा किसान चिन्तित भएका छन् । स्थानीय किसान मलको लागि बिहानैदेखि लाइनमा बसेपनि मल नपाएर रित्तो हात घर फर्किनु परेको राजापुर नगरपालिका ४ निवासी छप्पुराम चौधरीले बतानुभयो ।

    कृषि प्रधान देश भनेर नारा बनाए पनि राज्यले नीति नबनाएकै कारण मलको आपूर्तिमा समस्या देखिएको सम्बन्धित क्षेत्रका जानकारहरुले बताएका छन । यस्तै किसानहरुले माग गरे अनुसारको मल बजारमा नपाएको स्थानीयको भनाइ छ । अझ किसानले युरिया मल खरिद गर्न खोज्दा सुपर नामको रासायनिक मल जर्वजस्ती भिडाउने गरिएको छ । यता गुलरिया नगरपालिका वार्ड नम्वर ४ स्थित तुल्सीपुरका किसान रुपेस चौधरी एक सातादेखि मल खोज्दै भौतारिनु भएका छन् । तर बजार लगायत सहकारी डीपोमा समेत मल नपाएको उहाँको गुनासो छ । लकडाउनका बेला सामाजिक दुरीको समेत प्रवाह नगरी लाइनमा सकेका अधिकांश किसान पालो आउने बेला डीपोमा मल सकिएपछि रित्तो हात पर्किन बाध्य भएका छन । बर्दियामा ५० हजारभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने भएपनि राजापुर क्षेत्रमा चैते तथा वर्षे धानखेती गरिदै आएको छ । तर समयमै आवश्यक बिउ तथा मल उपलब्ध नहुँदा किसानहरु मर्कामा परेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित