FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषिउपज नष्ट गर्नेमाथि कार्बाही गर्न गृह मन्त्रालयलाई पत्र

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    Post Thumbnail

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषिउपज नष्ट गर्नेमाथि कार्बाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । कृषि उपजको उत्पादन, ढुवानी र बजारमा अवरोध गर्नेलाई कारबाहीको लागि मंगलबार कृषि मन्त्रालयले गृहलाई पत्र पठाएको मन्त्रालयलका प्रवक्ता हरिबहादुर केसीले बताउनुभयो ।

    यसअघि एक जिल्लामा उत्पादन भएको तरकारी अर्काे जिल्लामा बेच्न लैजाँदा अवरोध हुदै आएको मन्त्रालयले बताएको छ । त्यसयता मन्त्रालयले सम्बन्धित जिल्ला तथा स्थानीय निकायलाई त्यसो नगर्न आग्रह गरे पनि त्यस्ता क्रियाकलाप नरोकिएपछि कार्वाही गर्न पत्रचार गरेको बताइएको छ । कृषि मन्त्रालयले कृषि उपज नष्ट गर्ने कार्यमा संलग्नलाई कारबाही गर्दै सहज रुपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनसमेत आग्रह गरेको छ । कृषि उपज नष्ट गर्ने अवान्छित क्रियाकलापले किसानहरुको उपज खेर जाने मात्र नभई मनोबल खस्कने, उत्पादन घट्ने र खाद्य वस्तुको आपूर्ति शृङ्खला अवरुद्ध भर्ई खाद्य संकटको अवस्था हुन सक्ने मन्त्रालयले बताएको छ । आइतबार कपिलवस्तुबाट अर्घाखाँची ढुवानी भएको तरकारी कोरोना सर्ने भन्दै प्रमुख जिल्ला अधिकारीकै निर्देशनमा नष्ट गरिएको हो । पोखरा महानगरपालिकाले पनि तरकारी आयतमा रोक लगाएको छ । यता कर्णाली प्रदेशले भने सबै खाद्यवस्तु आयतमा रोक लगाउने निर्णय गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित