FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • स्याङ्जाका किसानलाई तरकारी बिक्री गर्न बजारको अभाव

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३६ पटक पढिएको
    Post Thumbnail

    उत्पादित तरकारीले बजार नपाउदा स्याङ्जाका अधिकांश किसान मारमा परेका छन । जिल्लास्थित चापाकोट नगरपालिकाका स्थानीयलाई आफना उत्पादित बस्तु बिक्री नभएपछि त्रसित भएका छन । कोरोना भाइरसका कारण भएको लकडाउनले किसानका उत्पादित तरकारी बिक्रि नहुदा उनीहरु चिन्तित भएका छन् ।

    चार रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्दै आएका किसानले लकडाउन यता आधा रोपनीमा लगाएको तरकारीसमेत बिक्री गर्न पाएका छैनन । आफुले उत्पादन गरेको त्यस्ता कृषिउपजले बजार नपाएको चापाकोट नगरपालिका ८ मा सञ्चालित छिपछाप कृषि फार्मका संचालक मदन श्रेष्ठले बताउनुभयो । उहाँले आफनो खेतमा करेला, लौका तथा बन्दागोपी उत्पादन गर्नुभएको छ । तर लकडाउन कै कारण बजार बन्द हुँदा तरकारी बिक्रिमा कठिनाई भएको उहाँको गुनासो छ । किसान श्रेष्ठले तरकारी खेतीसंगै टर्की तथा कुखुरापालन गर्नुभएको छ । तर यतिबेला मुुलुकभर भएको बन्दाबन्दीले त्यहाँ उत्पादन भएका कृषि उपजलाई बिक्री वितरणमा समस्या भएको हो । गतबर्ष सोही फार्ममा एक हजार बढी टर्की उत्पादन गरी बिक्री भएको व्यवसायी श्रेष्ठले बताउनुभयो । यसवर्ष भने लकडाउन कै कारण चल्ला तथा दाना खरिदमा समस्या भएपछि थोरै मात्रामा उत्पादन गर्नुभएको छ । तिनै उत्पादित कृषिउपज पनि बिक्री नहुँने तथा भएका पनि कम मुल्यमा बिक्री भएपछि थप चिन्ता बढेको उहाँको गुनासो छ । यसरी कृषि क्षेत्रमा भएका उत्पादनमा कमी र उत्पादित बस्तुको मुल्य गिरावटले किसान कृषि पेशाबाटै पलायन हुने देखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित