FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जाजरकोटका मकै बालीमा पनि फौजी किराको प्रकोप

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २७ पटक पढिएको
    Post Thumbnail

    मुख्य खाद्यान्नको रुपमा लगाएको मकैमा फौजी किराको प्रकोप बढेपछि जाजरकोटका किसान चिन्तित भएका छन् । भर्खर उम्रिएको मकैमा किराको प्रकोप देखिएपछि उनीहरु चिन्तित भएका हुन् । जेठको पहिलो साताबाट देखिएको फौजी किराको प्रकोपले मकै बालीका बोट सखाप पारिएको छ । गोड्ने समयमा मकैको गुबो तथा पात खानाले बोट सुक्ने र पहेँलो भएर नष्ट हुन थालेपछि किसानलाई चिन्ताले सताएको छ । किराले खाएपछि विरुवा नफस्टाएको भेरी नगरपालिका २ का किसान मानवहादुर वलीले जानकारी दिनुभयो ।

    किराले बोटै छिद्राछिद्रा बनाएर खाएपछि मकै सुकेर जान थालेका छन । कृषि विकास कार्यालय जाजरकोटको तथ्याङ्क अनुसार सबैभन्दा बढी भेरी, छेडागाड र नलगाड नगरपालिकामा प्रकोप देखिएको छ । शिवालय र बारेकोटमा पनि फौजी किराको प्रकोप देखापरेको छ । कुशे र जुनीचाँदेमा भने हालसम्म प्रकोप देखिएको छैन । गतवर्ष झैँ बारीमा लगाएको मकै अमेरिकन फौजी किराले नष्ट गर्न सुरु गरेपछि किसानहरू मारमा परेका छन् । लकडाउनको समयमा जोखिमसँगै खेती गरिए पनि बाली जोगाउन नसकेको भेरी नगरपालिका १ का किसान भद्रबहादुर बटालाले बताउनुभयो । वर्षेनी खाद्य संकट पर्ने जाजरकोटमा मकैमा फौजीको प्रकोपले क्षति पु¥याएपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । सिंचाईको सुविधा नहुँदा जाजरकोटमा धानबालीभन्दा मकै बाली धेरै हुने गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित