- Loading...
गहुँको आयातमा भन्सार बढाएको भन्दै संघले विरोध
- कृषि टि.भी.
- २ साल अघि
- २५ पटक पढिएको

आगामी वर्षको आर्थिक बजेटबाट गहुँको आयातमा भन्सार बढाएको भन्दै नेपाल मैदा उद्योग संघले विरोध जनाएको छ । मैदा उद्योगको कच्चा पदार्थ गहुँ आयातमा कृषि सुधार शुल्क ५ प्रतिशतबाट बढाएर ९ प्रतिशत पु¥याइएको छ । यस्तै तयारी मैदा आयातमा पनि सोही मुल्य सुधार शुल्क लाग्ने व्यवस्था गरेको छ ।


बजेट भाषणमासमेत तयारी वस्तु र कच्चा वस्तुको आयातमा एक तह फरक हुन्छ भनिएकोमा गहुँमा कर बढाउने निर्णय नेपाल सरकारको नीति विपरीत हुन पुगेको संघले बताएको छ । उद्योगको नाममा गहुँ आयात गर्दा एक प्रतिशत मात्रै कृषि सुधार शुल्क लिन संघले माग गरेको छ । यता मैदामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर, गहुँ आयातमा ९ प्रतिशत कृषि सुधार शुल्क, आँटा र सुजीमा मूल्य अभिवृद्धि कर लगाउँदै करहरूको भार थपिँदै जाँदा मैदा उद्योग रुष्ट बनेको संघको ठहर छ । यता मैदा उत्पादनमा नेपाल आत्मनिर्भर हुन सक्ने भन्दै सरकारले निर्यातमा सहज बनाईदिन संघका अध्यक्ष माधवलाल श्रेष्ठले आग्रह गर्नुभएको छ । नेपाली गहुँले वर्षको ३–४ महिना मात्र पुग्ने हुँदा बाँकी समय पूरै आयात गर्नुपर्ने बाध्यता रहेको संघले बताएको छ ।

