- Loading...
हावाहुरी र असिना पानीले केराखेतीमा १० करोड बढीको क्षति
- कृषि टि.भी.
- ३ साल अघि
- २० पटक पढिएको

कोरोनाको कहरकैबीच हावाहुरी र असिना पानीले केराखेती सखाप भएपछि चितवनका किसान चिन्तित भएका छन् । बन्दाबन्दीका कारण बजारको सहज पहुँच नभएका बेला प्राकृतिक विपत्तिको मारमासमेत किसानहरु परेका हुन् ।


पूर्वी चितवन रत्ननगरमा व्यावसायिक केरा खेती गर्दै आएका अधिकांश किसानको खेतीमा हावाहुरी र असिना पानीले ठूलो क्षति पुर्याएको छ । पछिल्लो पटक जिल्लामा जेठ दोस्रो साता आएको हावाहुरीले बढी क्षति गरेको स्थानीय विष्णुहरि पन्तले जानकारी दिनुभयो । चैतयता लगातार हावाहुरी र असिना पानी आइरहेकाले त्यसको प्रत्यक्ष असर उक्त खेतीमा परेको छ । शिखर इन्स्योरेन्स प्रालि नारायणगढ शाखाका प्रमुख चन्द्रमणि शर्माका अनुसार चैतदेखि अहिलेसम्म केरामा १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको भन्दै स्थानीयले दाबी गरेका छन । सोही क्षेत्रका करिव पाँच सय किसान केरा खेतीमा आवद्ध भएका छन । उनीहरुको दुई हजार बोट केरा हावाहुरीले नष्ट भएको स्थानीय पिडित किसानहरुले बताएका छन । यता व्यावसायिक रूपमा बिस्तारै फड्को मार्दै गरेको केरा खेतीमा प्राकृतिक विपत्तिको मार खेप्नु परेको केरा व्यवसायी सङ्घ चितवनका अध्यक्ष घननाथ महतोको गुनासो छ । हावाहुरीवाट रत्ननगर र कालिका नगरपालिकाका किसान बढी प्रभावित भएका छन् । चितवनमा भरतपुर महानगरमा पनि व्यावसायिक केरा खेती हुदै आएको छ ।

