FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बुधबारदेखि पोखरामा तरकारी आयात सहज हुने

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २८ पटक पढिएको
    Post Thumbnail

    कास्की बाहेकका जिल्लामा उत्पादित तरकारी तथा फलफूल आयात रोक्ने निर्णयबाट पोखरा महानगरपालिका पछि हटेको छ । कोरोना सुरक्षाको निश्चित मापदण्ड र शर्त पूरा गरेका तरकारी तथा फलफूलको आयात नरोक्ने निर्णय भएको महानगरले जनाएको छ ।

    चितवन र धादिङबाट आएको तरकारी नष्ट गरेको तथा बाह्य जिल्लाको तरकारी रोकेको भन्दै चौतर्फी आलोचना भएपछि मंगलबार महानगरले तरकारी तथा फलफूल रोक्ने निर्णय सच्याएको महानगरको कोरोना नियन्त्रण मूल समितिका सदस्य सचिव किरण कोइरालाले जानकारी दिनुभयो । सदस्य सचिव कोइरालाका अनुसार स्वदेशी कृषिजन्य उत्पादनलाई पहिचान गरी ढुवानी गर्न आबश्यक कागजात भएमा ओसारपसार गर्न दिने निर्णय गरेको छ । महानगरको उक्त निर्णयबाट आगामी बुधबारदेखि तरकारी आयातमा सहज हुने बताइएको छ । यस्तै महानगरले भारतबाट आउने तरकारीमाथिको प्रतिबन्ध भने कायमै राखेको बताएको छ । तरकारी व्यवसायी दीपक श्रेष्ठले पनि बुधबारबाट तरकारी निर्बाध आयात गर्न दिने महानगरसँग सहमति भएको जानकारी दिनुभयो । तरकारी आयतमा रोक लगाएपछि यसअघि पोखरामा एक हप्तामै तरकारीजन्य बस्तुमा तीन गुणाले मुल्यबृद्धि भएको थियो । तर तरकारी तथा फलफुल आयातको अबरोध हटेपछि बजारमा अभाव पनि नहुने व्यवसायीहरुले दाबी गरेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित