FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • यार्सागुम्बा संकलन जेठ २५ गतेदेखि खुला गर्ने प्रदेश सरकारको तयारी

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १९ पटक पढिएको
    Post Thumbnail

    कर्णाली प्रदेश सरकारले बहुमूल्य जडीबटी यार्सागुम्बा संकलन जेठ २५ गतेदेखि खुला गर्ने तयारी गरेको छ । हुम्ला, मुगु, जुम्ला र डोल्पामा कोरोना भाइरस संक्रमण नदेखिएको र भारतबाट आउने त्यस क्षेत्रका नागरिकलाई सुर्खेतका क्वारेन्टाइनमा व्यवस्थापन भएकाले यार्सा संकलन गर्दा जोखिम नहुने प्रदेश सरकारले जनाएको छ ।

    त्यसका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले निर्णय गरेको छ । तर यार्सागुम्बा संकलनमा भारतबाट आउने व्यक्तिलाई प्रवेशमा रोक लगाइने भएको छ । बहुमूल्य यार्सागुम्बा कर्णालीका नागरिकको प्रमुख आयस्रोतका रूपमा लिइएको छ । कतिपयले यतिबेला गरेको आम्दानीले वर्षभरि घरखर्च चलाउने गरेका छन् । त्यहाँका सर्वसाधारणले अघिल्लो वर्षहरुको यस समयमा प्रतिव्यक्ति दुई लाखभन्दा माथि आम्दानी गर्ने गरेका थिए । कर्णालीको डोल्पा, मुगुलगायतका पाटनहरुमा यार्सागुम्बा पाइने गरेको छ । तर सरकारको उक्त निर्णयले झन जोखिम निम्त्याउने डोल्पाकी सांसद् बदमीक्वारी बोहोराले बताउनुभयो । मानवस्वास्थ्य भन्दा सम्पत्ति ठूलो नहुने उहाँको भनाई छ । यार्सा संकलनमा एउटा पालिकाबाट अर्काे पालिकामा जानुपर्ने हुँदा त्यस्ता कार्यले जनताको स्वास्थ्य जोखिम हुने उहाँले बताउनुभयो । यस्तै मुगुकी सांसद झोवा विकले पनि पाटन खुलाउने सरकारको निर्णय उचित नभएको बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित