- Loading...
छरुवा धानतर्फ किसान आकषिर्त
- कृषि टि.भी.
- ३ साल अघि
- २२ पटक पढिएको

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि पश्चिम तराईका किसानहरु चिन्तामा परेका छन् । धान खेती लगाउने समयमा सरकारले लकडाउन थप कडाइ गरेको छ । ठूलो संख्यामा जनशक्ति प्रयोग गरी खेती लगाउँदा संक्रमण फैलन सक्ने भन्दै उनीहरु त्रसित भएका हुन् । त्यस्तो अवस्थामा बर्दियाको बारबर्दिया ९ बनगाईका किसान खिमलाल भट्टराईलाई भने कुनै चिन्ता देखिएको छैन ।


गाउँका अरु किसानलाई कामदार खोज्न समस्या भएको छ । तर किसान भट्टराई भने प्रविधिको प्रयोगबाट एक्लै खेती गर्ने योजनामा छन् । छिमेकीले ८–१० जनाको समुह बनाई खेती लगाउने गरेपनि आफुले दुई जनाको भरमा खेती गरिरहेको उहाँको भनाई छ । त्यस्ता प्रविधिले कोरोना संक्रमणको जोखिममा समय, पैसा र जनशक्तिको बचत गरेको देखिएको छ । गतवर्ष १० कठ्ठामा नयाँ प्रविधिबाट खेती गरेका भट्टराईले यसवर्ष अझ बढी क्षेत्रफलमा धान लगाउने योजना बनाउनु भएका छन् । अर्का किसान कृष्णप्रसाद भट्टराईले भने यसवर्ष छरुवा प्रविधिबाट धान लगाउने बताउनु भएको छ । यता सरकारले लकडाउन कडा पारेको अबश्थामा प्रविधिको प्रयोगले भिडभाड नहुँने तथा संक्रमणको डर पनि नहुने प्रविधि प्रयोगकर्ताहरुले बताएका छन । गत वर्षसम्म परम्परागत शैलीले खेती गर्ने किसानहरु पनि यसवर्षदेखि छरुवा धानतर्फ आकषिर्त भएका छन ।

