FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च

    • कृषि टि.भी.
    • २ साल अघि
    • ११ पटक पढिएको
    Post Thumbnail

    लकडाउनको समयमा भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च देखिएको छ । तर प्रदेश ५ अन्तर्गत कतिपय जिल्लाका किसान आफ्नो बारीमा उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन नसकेर नष्ट गर्न बाध्य छन ।

    चालू आर्थिक वर्षको चैत ११ देखि जेठ २० गतेसम्म ६९ दिनको अवधिमा एक अर्ब २८ करोड ६८ लाख ९५ हजार मुल्य बराबरको तरकारी तथा फलफूल बेलहिया नाकाबाट आयात भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षको त्यही अवधिमा एक अर्ब २१ करोड ६७ लाख ५४ हजार बराबरको तरकारीजन्य बस्तु सोही नाकाबाट आयात भएको थियो । उक्त तथ्यांकले गतवर्षभन्दा सात करोडभन्दा बढीको कृषिउपज आयात भएको तथ्याङ्कले देखाएको छ । बन्दाबन्दीको उक्त अवधिमा ४५ लाख ३७ हजार मूल्यको ४३४ मेट्रिकटन हरियो तरकारी मात्रै भारतबाट आयात भएको छ । सोही अवधिमा ४३ करोड ४८ लाख ५४ हजार बराबरको १२ हजार १२ मेट्रिकटन प्याज आयात भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिनुभयो । यता बन्दाबन्दीकै समयमा दुई करोड ४९ लाख ३७ हजार मूल्य बराबरको दुई हजार ३२६ मेट्रिकटन गोलभेडा र २५ करोड २३ लाख ८१ हजार मूल्य बराबरको १० हजार १२७ मेट्रिकटन फलफूलको आयात भएको प्रमुख भन्सार अधिकृत भट्टराईले बताउनुभयो । तर स्वदेशी उत्पादन भने विधिन्न बहानामा नष्ट गरिदै आएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित