FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ‘मेरो किसान मेरो अन्नदाता’ अभियानलाई निरन्तरता

    • कृषि टि.भी.
    • २ साल अघि
    • १४ पटक पढिएको
    Post Thumbnail

    कर्णाली प्रदेश सरकारले यसवर्ष पनि ‘मेरो किसान मेरो अन्नदाता’ अभियानलाई निरन्तरता दिने भएको छ । आधारभूत खाद्यवस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न उक्त कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

    कृषक प्रोत्साहन, कृषि बिमा, सहुलियत कर्जा र न्यूनतम समर्थन मूल्यजस्ता किसानमैत्री कार्यक्रम संघ र स्थानीय तहसँग साझेदारी तथा सहकार्यमा गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मल, बीउ तथा बेर्ना र कृषि उपकरण लगायतका आधारभूत कृषि सामाग्रीको समयमै उपलब्ध गराइने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो । सोही कार्यक्रम अन्तर्गत कृषि उत्पादन वृद्धि गर्न साना सिँचाइ आयोजना सञ्चालन गरिने भएको छ । यस्तै परम्परागत रैथाने बालीको विकासमा प्रोत्साहन गरिने र अर्गानिक कृषि उत्पादन तथा कृषिउपजको बजारीकरणमा सहयोग गर्ने बताइएको छ । त्यस्तै फलफूल, तरकारी र उच्च मूल्यका कृषि उपजमा पकेट क्षेत्रका प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ । सरकारकी प्रवक्तासमेत रहनुभएकी मन्त्री केसीका अनुसार एक स्थानीय तह एक विशेष उत्पादन र एक सामुदायिक बीउ बैंक, एक वडा एक पोखरी वा जलाशय र एक जिल्ला एक स्रोत केन्द्र विकास गरिने भएको छ । कृषिउपज भण्डारणको लागि शीतभण्डार निर्माणलाई समेत प्रोत्साहन गरिने बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित