- Loading...
बाख्रापालक किसानहरुलाई लकडाउनले समस्या
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको

मुलुकभर गरिएको लकडाउनले बाख्रापालक किसानहरुलाई समस्या थपिएको छ । व्यावसायिक किसानको आम्दानीमा कमि हुँदा कतिपय त्यस्ता किसाहरु कृषि पेशाबाटै पलायन हुने आशंका गरिएको छ । मोरङ बेलबारी नगरपालिका ६ मा १० लाख लगानी गरेर गंगा श्रेष्ठले ३ बर्ष थालिएको बाख्रापलन ब्यबसायबाट बार्षिक २ लाख कमाउनुहुन्छ । उहाँले कुखुरा समेत पाल्नु भएको छ । त्यसै गरि उहाँले डेढ बिघामा घाँस खेती गर्नु भएको छ भने घासबाट बार्षिक ५० हजार देखि १ लाख सम्मको आम्दानी बीउ बेचेर हुन्छ ।


अहिले आफ्नो कृषि पेसामा रमाईरहेका उहाँ देशको विषम परिस्थिति लकडाउने गर्दा मारमा परेका छन । लकडाउनले गर्दा बाख्रापालनमा दानाको समस्या छ भने २ हजार ३ सय कुखुरापालनकोमा लक्डाउनबाट २ लाख घाटा भएको बताउनुहुन्छ । अर्कोतर्फ लामो समय सम्म्म बाख्रापालन गर्दै आएका मोरङ बुढिगंगा ७ का बाख्रापालन किसान कुमारसिंह कार्की कोरोनाको महामारीबाट आफुले किन्ने दानाको मूल्य वृद्धि भएको र कृषि उत्पादन जहिका त्यही छ । आफ्नो पीडा यसरी पोख्नुहुन्छ ।अहिले लकडाउन खुलुलो भए पनि आम किसान समस्या जहिकत्यही छन । एकातिर समयमै कर बुझाउन सरकारले आह्वान गरेको छ भने अर्कोतर्फ बैंकको ताकेता अनि छोराछोरीको स्कुल भर्ना गर्नु पर्ने बाध्यता छ । खेती गर्नका लागि मल बीउ बिजनको समस्या । चारैतिरबाट किसान चिन्तित छन । लकडाउनको मारमा खेपिरहेका कृषकको लागि सरकारले केही सोच्ने बेला आएको छ यसको लागि मोरङ क्षेत्र नं. ३ बाट राष्ट्रिय सभा सदस्य भएका गोपिबहादुर अछामीले कृषि क्षेत्रमा उत्पन्न समस्याको समेत सरकारलाई ध्यानाकर्षण गराउनुभएका छ । यस्तै ताल हो भने कृषि कर्मबाट हात धुने अव्स्था न आउन भन्न सकिन्न सरकारले समयमै कृषि कर्म गर्ने किसानको पिडामा मलम लगाउन जरुरी देखिन्छ । भने प्रदेश १ सरकारले कृषि ब्यबसायको लागि भने कृषि ब्यबसाय राहत कार्यक्रम संचालन गरेको छ । प्रभावकारी कार्यन्वन कतिको हुनेछ, हेर्न बाँकी छ ।

