FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ओखलढुंगामा बाहिरी जिल्लाबाट हुने तरकारी आयातमा रोक

    • कृषि टि.भी.
    • २ साल अघि
    • १० पटक पढिएको
    Post Thumbnail

    ओखलढुंगामा तराई लगायत बाहिरी जिल्लाबाट हुने तरकारी आयातमा रोक लगाइएको छ । जिल्लामा उत्पादित तरकारीले बजार भाउ नपाएको गुनासो बढेपछि आयतीत तरकारीलाई रोक लगाइएको हो । यसअघि तराईका जिल्लाहरुमध्ये धनुषा, सिरहा तथा पर्साबाट अत्याधिक मात्रामा तरकारी आयात हुँदै आएको थियो ।

    उक्त जिल्लाहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको र जिल्लामा तरकारी नबिकेको गुनासो आएपछि केही समयका लागि आयातमा रोक लगाइएको उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्केले जानकारी दिनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय समिति, जिल्ला कमाण्ड पोष्टको निर्णय अनुसार तरकारी तथा अन्य तरकारीजन्य वस्तु आयतमा रोक लगाइएको हो । अन्य अत्यावश्यक वस्तुहरुको ढुवानी भने सुरक्षित तरिकाले भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार जिल्लामा अहिलेसम्म एक जनामा पनि संक्रमण नदेखिएको र जिल्लालाई सुरक्षित गर्न दैनिक रुपमा ढुवानी हुँदै आएको तरकारी रोकिएको हो । बाहिरी जिल्लाबाट अत्याधिक मात्रामा तरकारी भित्रिएपछि स्थानीय उत्पादनले बजार मुल्य नपाएको गुनासो बढेको छ । यता जिल्लाका स्थानीय उत्पादनलाई प्रोत्साहन दिन र संक्रमणबाट जिल्लालाई जोगाउन पनि संक्रमित क्षेत्रबाट ढुवानी हुने तरकारीमा रोक लगाइएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित