FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ५ नं. प्रदेशमा लकडाउनलाई स्थानीय प्रशासनले थप कडाई

    • कृषि टि.भी.
    • २ साल अघि
    • १७ पटक पढिएको
    Post Thumbnail

    ५ नं. प्रदेशमा लकडाउनलाई स्थानीय प्रशासनले थप कडाई गर्न थालेका छन । प्रदेशका सबैजसो जिल्लाहरुले यसअघि जारी गरेको बिज्ञप्तिको ठिक विपरित लकडाउनलाई कडाई गरेको स्थानीयले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयले अतिआवश्यक सामान खरिद विक्रीका लागि समय निर्धारण गरे पनि सोही समयमा प्रहरीले आवतजावतमा कडाई गरेको छ ।

    स्थानीय प्रशासनले तोकेको समयमा पनि हिड्डुलमा रोक लगाएपछि लकडाउन भन्दा निषेधाज्ञा जारी गरे ठिक हुने नेपालगन्ज उपमहानगरपालिका १८ का स्थायी बासी निलराज अधिकारीले बताउनुभयो । सरकारले विकल्पसहित निषेधाज्ञा जारी गर्न सके मात्र लकडाउनको नियम पालना हुने स्थानीय अधिकारीहरुको बुझार्ई छ । यस्तै आगामी दिनमा लकडाउनको मोडालिटि परिवर्तन गरी अगाडि बढाउनु पर्ने स्थानीयबासी अधिकारीको भनाई छ । एक साता अघिबाट प्रमुख जिल्ला अधिकारी बाँकेको जिम्मेवारी सम्हाल्नु भएका रामबहादुर कुरुम्वाङले भने अहिलेसम्म प्रदेशका जिल्लाहरुमा लकडाउन नभएको बताउनुभयो । यता मुलुकभर लकडाउनको घोषणा गरेपनि जिल्लामा त्यसको प्रभाव नपरेको उहाँको भनाई छ । यस्तै जेष्ठ मसान्तसम्म घोषणा गरेको लकडाउनलाई बाँकेमा भने अझै ३ महिनासम्म बढाउन आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभयो । उक्त प्रदेश कोरोनाको अतिप्रभावित क्षेत्रका रुपमा देखिए पनि लकडाउनलाई पुर्णरुपले कार्यान्वयन गराउन सकेका छैनन । स्थानीय प्रशासनले जारी गरेको नियम आफै पालना गराउन नसक्दा, स्थानीय नागरिकले त्यसको उलङघन गर्न थालेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित