FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लमजुङमा पनि स्याउ फल्न शुरु

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    Post Thumbnail

    पछिल्लो समय लमजुङमा पनि स्याउ फल्न थालेको छ । यसअघि हिमाली जिल्लामा फल्दै आएकोमा अहिले पहाडी क्षेत्रमा समेत स्याउ फल्न थालेको हो । जिल्लाको क्व्होलासोंथर गाउँपालिका–१, बाग्लुङपानीमा रोपिएको स्याउ फलेको वडाध्यक्ष पेमा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बाग्लुङपानीको जनज्योति माध्यमिक विद्यालय परिसरमा रोपिएको बोटमा स्याउ फलेको छ ।

    विद्यालयका प्रधानाध्यापक बिलप्रसाद गुरुङका अनुसार धुलिखेलमा तयार भएको बेर्ना लगाइएको हो । सोही क्षेत्रमा तरकारी खेतीसम्बन्धी अध्ययन भएपनि तरकारीभन्दा स्याउको सम्भावना बढी देखिएपछि विद्यालयले त्यसको बिरुवा रोपेको बताइएको छ । एभ्रिथिङ अर्गानिक नर्सरी धुलिखेलका प्राविधिकले स्याउ लगाउन उपयुक्त ठाउँ तथा लगाउने तरिकाको बारेमा विद्यालयका शिक्षक तथा स्थानीयलाई तालिम समेत दिएका थिए । प्रयोगात्मक रूपमा रोपिएको ६७ वटा बिरुवामा अहिले फल लाग्न थालेको छ । यता सुन्दरबजार नगरपालिका–१, कुन्छाको हिर्कुस एग्रो फार्म प्रालिका सञ्चालक गोवद्र्धन गौलीले पनि स्याउ फलाउनुभएको छ । कागती, सुन्तला, अदुवा तथा कफी खेती गर्दै आएपनि परीक्षणका रूपमा लगाइएको बिरुवामा फल लागेको छ । तीनवटा बिरुवा रोपिएकामा उक्त बोटहरुमा स्याउ फलेको किसान गौलीले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित