FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चितवनको भरतपुरमा रहेको महानगर तरकारी बजार पुनःसञ्चालन

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    Post Thumbnail

    चितवनको भरतपुरमा रहेको महानगर तरकारी बजार सञ्चालनमा आएको छ । लकडानका कारण चैत १८ गतेबाट बन्द भएको तरकारी बजार शुक्रबारदेखि सञ्चालनमा आएको हो । हरेक दिन बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि बजार खोल्ने निर्णय भएको फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष थीरप्रसाद धितालले जानकारी दिनुभयो ।

    सुरक्षाका उपाय अपनाएर सामाजिक दूरी कायम गरी सञ्चालनमा ल्याइएको उहाँको भनाई छ । सुरक्षाका सबै सावधानी अपनाएर आएको सामानको समेत रेकर्ड राखिएको अध्यक्ष धितालले बताउनुभयो । उक्त बजारको आवश्यक अनुगमन महानगर र जिल्ला प्रशासन कार्यालयले गर्ने जनाएका छन् । सरकारी मापदण्ड र नीति नियम अनुसारको सुरक्षा मापदण्ड अपनाएको छ छैन भन्ने विषयमा व्यवसायी स्वंयले निगरानी गर्ने बताइएको छ । यस्तै व्यवसायीहरुले भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ, किसान, कृषि ज्ञान केन्द्रलगायत सरोकारवालाहरूसँगको पटकपटकको छलफलपछि थोक बिक्रीको लागि बजार खोल्ने निर्णय गरिएको जनाएको छ । यसअघि तरकारी तथा फलफूल व्यवसाय बन्द गर्न नपर्ने भए पनि भिडभाड नियन्त्रण गर्न नसक्ने अवस्था आएको भन्दै बजार बन्द गर्दा त्यहाँका किसान र उपभोक्ता मर्कामा परेका थिए । चितवनमा अहिले स्थानीय तरकारी उत्पादन अधिक रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित