- Loading...
पाँचथरका टिस्टेटले उत्पादन गरेको चिया विक्रि बितरण रोकियो
- कृषि टि.भी.
- ३ साल अघि
- २२ पटक पढिएको

अर्गानिक उत्पादनको ख्याती कमाएका पाँचथरका टिस्टेटले उत्पादन गरेको चिया विक्रि बितरण रोकिएको छ । विभिन्न मुलुकमा निर्यात हुने चिया उत्पादनको मुख्य सिजनमै बिक्री गर्न नसक्दा समस्यामा परेका छन । टिस्टेट तथा साना किसानलाई मजदुर, कर्मचारीको तलब लगायतका सुविधा, विद्युत तथा इन्धनको प्रबन्ध गर्नसमेत समस्या हुने अवस्था आएको बताइएको छ ।


युरोप, अमेरिका लगायतका विभिन्न देशमा जाने चिया यतिबेला गोदाममै थन्किएको छ । चियाका अन्तर्राष्ट्रिय बजारमा नमुना समेत पठाउन नसकिएको सोही क्षेत्रका अधिकारीहरुले बताएका छन । विभिन्न गुणस्तरमा उत्पादन हुने स्वदेशी चियाको राम्रो बजार विदेशमा रहेको छ । तर यसवर्ष चिया बेच्न नपाउँदा आर्थिक रुपमा समस्या हुन थालेको बताइएको छ । कोरोना भाईरसका कारण भएको बन्दाबन्दीले सुरुवाती चियापत्ति टिप्न पनि समस्या भएको थियो । पछिल्लो समय सरकारले उद्योग कारखाना सञ्चालन गर्ने निर्णय गरेसँगै चियापत्ति टिप्न थालिएको हो । उक्त चिया प्रशोधनमा तीव्र पारिए पनि प्याकिङ गरेर गोदाममा राख्नुको विकल्प नभएको टिस्टेट कम्पनीहरुले जनाएको छ । ठुला टिस्टेट कम्पनी, सहकारी तथा साना किसान र साना कम्पनीहरूले उत्पादन गरेको चिया खपत हुन सकेको छैन् । आन्तरिक तथा वाह्य व्यापार ठप्प हुँदा समस्या आएको किसानहरुले बताएका छन् ।

