- Loading...
डिएपी मल बोकेर शनिबार कलकत्ताबाट नेपालतर्फ रेलप्रस्थान
- कृषि टि.भी.
- ३ साल अघि
- २३ पटक पढिएको

नेपालका लागि आवश्यक डिएपी मल बोकेर शनिबार कलकत्ताबाट नेपालतर्फ रेल हिँडेको छ । उक्त रेल ६ दिनमा वीरगञ्ज आइपुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडका महानिर्देशक नेत्र भण्डारीले जानकारी दिनुभयो । रेलसँगै ट्रकबाट पनि मल आइरहेको कम्पनीले जानकारी दिएको छ । महानिर्देशक भण्डारीका अनुसार ३ सय टन मल लिएर १० ट्रक हिडेको छ ।


ट्रकबाट आएको मल आउने समय भने अनिश्चित छ । सामान्यतया ६ दिनमा आइपुग्ने भएपनि अहिले धेरै ठाउँमा चेकजाँच हुँदा समय लाग्ने बताइएको छ । यसअघि मल बोकेर हिडेको ५ वटा ट्रक पनि बिचमा रोकिएर बसेको कम्पनीले जनाएको छ । कलकत्तामा रोकिएको मल विस्तारै आएर पोर्ट खाली हुन थालेपछि चीनको पानीजहाजबाट मल आउन सुरू हुने बताइएको छ । त्यस्तै आगामी वर्षको गहुँ बालीका लागि आवश्यक मल पनि टेन्डर गरिसकेको कम्पनीले बताएको छ । हाल कम्पनीमा युरिया ६ हजार २ सय, डिएपी ६ हजार ५ सय ७८ र पोटास ३ हजार ६ सय ८ मेट्रिकटन मौज्दात रहेको छ । यता कम्पनीको आइसकेपछि साल्ट ट्रेडिङ कर्पोरेशनको पनि मल आउन सुरू हुने कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले बताउनुभयो । हाल कर्पोरेशनमा युरिया ६ सय, डिएपी ९ सय र पोटास ७४ सय टन मौज्दात रहेको छ । २१ हजार ५ सय युरिया मल भने गुजरातमा रोकिएर बसेको छ ।

