FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सरकारले काठको कटान, संकलन तथा ढुवानी गर्न रोक

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    सरकारले काठको कटान, संकलन तथा ढुवानी गर्न रोक लगाएसँगै नेपाली काष्ठ उद्योगले अब विदेशी बजारबाटै काठ आयात गर्नुपर्ने भएको छ । स्वदेशी जंगलमा ठूलो परिमाणमा काठ खेर गइरहे पनि सरकारको अव्यावहारिक नीतिकै कारण बर्सेनी विदेशबाट काठ ल्याउनुपर्ने बाध्यता छ । त्यसबाट एकातर्फ स्वदेशी साधन स्रोत खेर जाने र अर्कोतर्फ आयात बढी हुदाँ व्यापार घाटा बढ्ने तथा विदेशी मुद्रा सञ्चितिमा समेत प्रतिकूल प्रभाव पार्ने देखिएको छ ।

    मन्त्रिपरिषद्ले गत साता गरेको निर्णयले आयातलाई निर्विकल्प बनाएको हो । त्यसले उद्योगमा काठको अभाव बढ्ने र विदेशी काठ आयातमा अरबौ रुपैयाँ खर्च हुने देखिएको सरोकारवालाहरुले बताएका छन् । काष्ठ व्यवसायीहरूको संगठन नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले माग अनुसार काठजन्य सामाग्रीको आपूर्ति बढाउन विदेशी काठ तथा काठजन्य अन्य वस्तुको समेत आयात बढ्ने जनाएको छ । महासंघका अनुसार अहिलेको अवस्थामै वार्षिक रूपमा करिब १० अर्बको काठ तथा काठजन्य पदार्थहरू आयात भइरहेकाले अझै आयतमा वृद्धि भइ ठूलो धनराशी विदेशिने निश्चित छ । गत जेठ १५ गते मन्त्रिपरिषद्ले देशका विभिन्न वन क्षेत्रमा साल लगायतका विभिन्न रुखहरू कटान, संकलन तथा ढुवानी र ओसारपसार गर्ने कार्य वन क्षेत्रको दुरूपयोग हुने गरी अनियमित रूपले तिव्र गतिमा भइरहेको भन्दै त्यस्ता कार्य तत्काल रोक्ने निर्णय भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित