FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि, स्वास्थ्य र शिक्षा तिलोत्तमा नगरपालिकाको प्राथमिकता

    • कृषि टि.भी.
    • २ साल अघि
    • १५ पटक पढिएको
    Post Thumbnail

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । खेतीयोग्य जग्गा भएका वडाहरुमा सार्वजनिक–निजी–साझेदारी मोडलमा कम्तीमा १० बिघा जग्गा चक्लाबन्दी गरी व्यवसायिक खेती शुरु गर्ने नगरपालिकाले जनाएको छ ।

    आगामी आर्थिक वर्ष किसानलाई ५० वटा दश हर्ष पावरसम्मका हाते ट्याक्टर खरिदमा ५० प्रतिशत अनुदान दिने भएको छ । यस्तै प्रत्येक वडामा ५÷५ जना अगुवा किसान तयार गर्ने, मकै, गहुँ, तरकारीको बिउ, सिन्चाई बोरिङ, माछापोखरीसहित दुध उत्पादन, फूल खेती र पशु बीमा अनुदानलाई निरन्तरता दिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । भूमि तथा श्रम बैंक स्थापना गर्ने, कौशी खेती कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने, उपयुक्त स्थानमा पशु हाटबजार सञ्चालन गर्ने पनि कार्यक्रममा उल्लेख छ । शुक्रबारबाट सुरु भएको नगरपालिकाको ७ औं नगरसभामा नगरप्रमुख बासुदेव घिमिरेले कोभिड–१९बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कोरोना भाइरसको कारण बन्दाबन्दी हुँदा चालु वर्षमा कर तिर्न नपाएकाहरुलाई पनि आगामी वर्षको ३ महिनासम्म हर्जाना नलिने नीति तथा कार्यक्रममा उल्लेख छ । यता स्वास्थ्य चौकीमा न्यूनत्तम पूर्वाधार, उपकरण र जनशक्तियुक्त बनाउने, थप २ स्वास्थ्य चौकीमा चिकित्सक नियुक्त गर्ने, प्रयोगशालाबाट एनालाइजरसहितको सेवा प्रदान गर्ने पनि नगरपालिकाको नीति छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित