FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • १० महिनाको अवधिमै २८ अर्बको चामल आयात

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    नेपालको प्रमुख खाद्यान्न बाली धानको उत्पादन बढ्दै गएपनि परनिर्भरता उत्तिकै बढ्दै गएको छ । भन्सार विभागको तथ्यांक अनुसार प्रत्येक वर्ष चामलको आयात बढीरहेको छ । विभागले दिएको तथ्यांक अनुसार गएको वर्ष ३२ अर्ब रुपैयाँको चामल आयात भएको छ । तर यस वर्षको १० महिनाको अवधिमै २८ अर्बको चामल आयात भईसकेको छ ।

    यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांक अनुसार गएको पाँच वर्षमा धान उत्पादन १० प्रतिशतले बढेको छ । तर आयात पनि वर्षेनी रुपमा उत्तिकै परिमाणमा बढीरहेको पाइएको छ । गएको वर्ष नेपालमा ५५ लाख टन धानबाट ३३ लाख चामल उत्पादन भएको सरकारी तथ्यांक छ । यता केन्द्रीय तथ्यांक विभागको घरपरिवार सर्वेक्षण अनुसार ३५ लाख टन चामल अझै आवश्यक छ । कृषि मन्त्रालयले प्रत्येक वर्ष चामल लगायतका मुख्य खाद्यान्न आयात प्रतिस्पथान गर्न विभिन्न योजना ल्याउने गरेको छ । तर त्यसको ठोस परिणाम भने अझै आउन सकेको छैन । एकातिर योजना बनाउने अर्कोतिर आयात बढीरहने र खाद्य परिनिर्भरता बढिरहने प्रवृत्ति छ । सोही मन्त्रालयले आगामी वर्षदेखि भारतबाट हुने चामल आयातलाई रोक्न मसिनो धान उत्पादनमा जोड दिने बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित