FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ७२ हजार किलो चिनी आयतमा अधिकारीहरुकै चलखेल

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २५ पटक पढिएको
    Post Thumbnail

    खाद्य प्रविधि तथा गुण नियन्त्रणको भन्सार कार्यालयले गुणस्तरहीन भनेर प्रमाणित गरेको चिनीमा चलखेल बढेको छ । तीन महिनाअघि उक्त कार्यालयले अयोग्य भनेको ७२ हजार किलो चिनी केन्द्रीय प्रयोगशाला परीक्षणमा खानयोग्य रहेको पाइएको छ ।

    भन्सारको गुणस्तर कार्यालयले आयात अयोग्य भनेको भएपनि भन्सार पास हुनु, लगत्तै राजस्व अनुसन्धानको टोलीले पक्राउ गर्नु र त्यसको तीन महिनापछि गुणस्तर फेरिनुले चिनीमा चलखेल भएको बताइएको छ । सरकारले तोकेको चिनीको न्यूनतम् मूल्य अनुसार उक्त परिमाणको चिनीको बजार मूल्य ५२ लाख हाराहारी देखिएको छ । भारतको बहराईज जिल्ला उत्तर प्रदेशबाट काठमाडौंको अनुष्का मल्टिप्रपोज प्रालिले आयात गरेको चिनी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जलेश्वरले नेपाल भित्रन अयोग्य रहेको बताएको थियो । गत फागुन २५ गतेको दिन कार्यालयले जारी गरेको ल्याब रिपोर्ट अनुसार १४ सय ४० बोरा चिनी नेपाल सरकारले तोकेको खाद्य मापदण्डको गुणस्तर विपरित देखिएको थियो । सोही चिनी खाद्य प्रविधिको शाखा कार्यालयको ३ महिना अघिको परीक्षणमा खान अयोग्य भएपनि केन्द्रीय प्रयोगशालाको परीक्षणमा गुणस्तरीय भएपछि गुणस्तर प्रमाणीकरण गर्ने विधिमा गम्भीर प्रश्न उठेको छ । तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने कुनै नियत राखेर गुणस्तरमा हेरफेर नभएकोे दाबी गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित