FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • इलाममा २० लाख किलो चिया बिक्री हुन बाँकी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १५ पटक पढिएको
    Post Thumbnail

    इलामका चिया कारखानाले उत्पादन गरेको चिया बिक्री नहुँदा उद्यमीहरु समस्यामा परेका छन् । किसान र स्थानीय सरकारको दवावमा कारखाना खोलेका चिया उद्योगले उत्पादन बिक्री गर्न नसक्दा हरियो पक्तिको मुल्य निर्धारणमा समेत सकस परेको छ । इलाममा २० लाख किलो चिया बिक्री हुन बाँकी रहेको केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले जानकारी दिनुभयो ।

    जिल्लामा अहिले मौज्दात रहेको चियाको न्युनतम मूल्य पनि असी करोड हुने उहाँले बताउनुभयो । उत्पादन बिक्री नहुँदा किसानको चियाको मूल्य दिन सक्ने अवस्थासमेत नरहेको कन्यामेली चिया उत्पादन सहकारीको अध्यक्ष खेमराज प्रधानको भनाई छ । पछिल्लो समय झापाको मेची भन्सारबाट सामान पठाउन नसकेपछि विराटनगरको रानी भन्सारबाट पठाउने तयारी गरिरहेको उद्योगीहरुले जनाएका छन् । नयाँ नाकाबाट निकासीको प्रयास गर्दा लागतसमेत आकासिएको अध्यक्ष प्रधानले बताउनुभयो । यता भारतमा नेपाली चियाको माग भएपनि पठाउन नसकेको व्यवसायीहरुले बताएका छन । भारतले सिएफएल परीक्षणविना चिया प्रवेशमा रोक लगाएको छ । उक्त सिएफएल बनाउन एजेन्टलाई मात्रै ८० हजार रुपैयाँ अवैध रकम बझाउनु पर्ने र नुमना परीक्षणमा प्रतिनमुना २४ हजार खर्च लाग्ने व्यवसायीहरुले बताएका छन् । यता लामो समय बन्द हुँदा पनि उद्योगलाई प्रोत्साहनका लागि सरकारले सहयोग नगरेको उद्योगीहरुको गुनासो छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित