FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बजार बन्द भएपछि तरकारीलाई खपतमा कठिनाई

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    नेपालमा उत्पादन हुने तरकारीलाई बजार बन्द भएपछि खपतमा कठिनाई भएको छ । बन्दाबन्दीका कारण ढुवानीमा संयोजन चुस्त बन्न नसक्दा स्वदेशी तरकारी १० प्रतिशतले खेर जाने गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा ४२ लाख ७१ हजार २७० मेट्रिकटन तरकारी उत्पादन हुने गरेको छ । तर नेपालमा वार्षिक झन्डै ४४ लाख मेट्रिकटन तरकारी खपत हुने गरेको छ ।

    यता भारतलगायत अन्य देशबाट १४ देखि १५ लाख मेट्रिकटन तरकारी आयात हुने गरेको आलु तरकारी तथा मसला बाली निर्देशनालयले जनाएको छ । नेपालले पनि २२ देखि २५ हजार मेट्रिकटन तरकारी वार्षिक निर्यात गर्ने गरेको निर्देशनालयका निर्देशक कृष्ण पौडेलले बताउनुभयो । अहिले नेपालमा भारतलगायत अन्य देशबाट तरकारी आयात रोकिएको छ । तर स्थानीय स्तरमै उत्पादन भएका तरकारी पनि खपत हुन सकिरहेको छैन । बन्दाबन्दीका कारण तरकारी खपत हुने ४० प्रतिशत बजार समाप्त भएको छ । बन्दाबन्दीमा देशभरि दैनिक ३ हजार १७० मेट्रिकटन तरकारी खपत हुने गरेको छ । लकडाउनअघि भारतबाट ४० प्रतिशत तरकारी कालीमाटी तरकारी बजारमा आउने गरेको थियो । तर अहिले १७–१८ प्रतिशतमा झरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालमा कुल खेतीयोग्य जमिनको ७.३ प्रतिशतमा तरकारी खेती हुने गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित