- Loading...
सामूहिक खेतीमा रमाउदै पोखराका युवा
- कृषि टि.भी.
- २ साल अघि
- २० पटक पढिएको

विदेशको रोजगारीभन्दा स्वदेशमै तरकारी खेतीमा भविष्य देख्दै पोखराका युवा तरकारी खेतीमा जुटेका छन् । खाडीमुलुक दुवईमा एक दशक समय बिताएर फर्किएका युवाले आफनै लगानीमा तरकारी खेती गर्न थालेका छन ।


पोखरा महानगरपालिका १५ टुटुङ्गाका दीपेन्द्र बाँस्तोला, ध्रुव कोइराला र डिल्लीराम अधिकारीले ३० लाखको लागतमा सामूहिक तरकारी खेती शुरु गरेका हुन् । भाडामा लिएको १४ रोपनी जग्गामा निर्माण गरिएका १४ वटा टनेलभित्र लहरे बाली तथा हरियो तरकारी लगायतले उत्पादन दिन थालेसँगै राम्रो आम्दानी हुन थालेको किसान बाँस्तोलाले जानकारी दिनुभयो । दुवईको पाँचतारे होटलमा वेटरको काम गर्दा मासिक एक लाख कमाइ भएपनि त्यसबाट उपलब्धि नदेखिएपछि अहिले स्वदेशमै काम गर्न लागेको उहाको भनाई छ । ५ महिना अघि शुरु गरेको व्यवसायबाट ६ वटा टनेलमा गोलभेंडा, तीन वटामा सिमी, दुई दुई वटामा काँक्रा र करेलासहित एउटामा धनियाँ उत्पादन गरिएको छ । बारीमा यतिखेर हरियो तरकारीसहित काँक्रा, सिमी, करेला लटरम्म फलेका छन् । सोही उत्पादन बिक्रीबाट रामै्र आम्दानी हुन थालेको पनि उनीहरुले जानकारी दिएका छन । विषादीको प्रयोग नगरी प्राङ्गारिक तरकारी उत्पादन गरी उपभोक्ताको भान्छासम्म पु¥याउने योजनाका साथ मौसमी तथा बेमौसमी तरकारीतर्फ लागेको बताउनु हुँदै युवाहरुले सहुलियत दरमा ऋण, गुणस्तरीय बीउ, मल र बजारीकरणमा सरकारले किसानलाई सहयोग गर्नुपर्ने बताएका छन ।

