
- Loading...
लकडाउन केही खुकुलो बन्दै गर्दा गाउँघरमा रोपाइँको चटारो
- कृषि टि.भी.
- २ साल अघि
- १३ पटक पढिएको

कोरोना भाइरसको प्रसार रोक्न सहरमा गरिएको लकडाउन केही खुकुलो बन्दै गर्दा गाउँघरमा रोपाइँको तीव्रता छ । बंगालको खाडीबाट मनसुन भित्रिने समय नजिकिएसँगै गाउँघरमा किसानहरू धान रोपाइँमा व्यस्त हुन थालेका छन् ।


नेपालमा सामान्यतया १० जुनमा मनसुन भित्रिने गरेको छ । तर केही दिनअघि अरब सागरबाट उठेको ‘निसर्ग’ नामक समुद्री आँधीको प्रभाव नेपाली आकाशमा पनि देखिएको थियो । अहिले स्थानीय र पश्चिमी वायु तथा भारतको उत्तरप्रदेश र बिहारमा विकसित निम्नचापीय रेखाको प्रभावले नेपालका अधिकांश भूभागमा वर्षाको सम्भावना बढाएको छ । यतिवेला भक्तपुरको चाँगुनारायण र ललितपुर खोकनाका किसान सोमबार कतै रोपाइँ गर्न व्यस्त देखिए भने कतै ब्याडमा देखिएका थिए । यता वरिष्ठ मौसमविद् ऋषिराम शर्माका अनुसार यसवर्ष नेपालमा मनसुन १५ जुनपछि मात्र भित्रिने सम्भावना छ । १ जुनबाट भारत केरलाको आकाशमा देखिइसक्नुपर्ने मनसुन यसपटक ६ जुनमा मात्र देखिएको छ । देशभरका किसान भने मनसुन भित्रिने पर्खाईमा खेतबारीमा हराउन देखिन थालिसकेका छन् ।

