FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कृषि, नदी नियन्त्रण, सडक यातायात र रोजगारीका क्षेत्रमा केन्द्रित गर्न उदयपुरबासीले प्रदेश सरकारलाई सुझाव

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    Post Thumbnail

    आगामी वर्षको बजेटमा कृषि, नदी नियन्त्रण, सडक यातायात र रोजगारीका क्षेत्रमा केन्द्रित गर्न उदयपुरबासीले प्रदेश सरकारलाई सुझाव दिएका छन् । अहिले १ नं प्रदेश सरकार आगामी आर्थिक बर्षका लागि बार्षिक बजेट ल्याउने तयारीमा जुटेको छ । विगतमा पनि योजनाको निर्माण र प्रभावकारीतालाई खासै प्राथमिकता नदिइएकाले स्थानीयले लगानीको प्रतिफल पाउन नसकेको उनीहरुको भनाई छ ।

    कोरोना भाइरसको महामारीबाट उत्पन्न परिस्थितिसँग सामना गर्न पनि आगामी बर्षको बजेट त्यस क्षेत्रमा केन्द्रित गर्नुपर्ने उदयपुरका राजनीतिकर्मीको सुझाव छ । संघीय तथा प्रदेश सरकारले बिगतमा साना योजनामा बजेट छर्दा ठोस र दीर्घकालीन काम हुन नसकेको उनीहरुको भनाई छ । कोरोना महामारीले पारेको असरलाई न्यूनिकरण गर्दै सर्वसाधारणको आर्थिक अबस्थामा सुधार ल्याउन पनि अबको लगानी कृषि, स्वास्थ्य, नदी नियन्त्रण र रोजगारीका क्षेत्रमा हुनुपर्ने प्रदेश सांसद हिमाल कार्कीले बताउनुभयो । उहाँका अनुसार अबको बजेट जनमुखी, दीर्घकालीन, उत्पादन तथा रोजगार केन्द्रित हुनका साथै आयात प्रतिस्थापन गर्ने हुन जरुरी छ । कोरोना महामारीले पारेको असरलाई नियन्त्रण गर्न सक्ने बजेट आए आम नागरिक लाभान्वित हुने सांसद कार्कीले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित