- Loading...
वर्षा सुरु भएसँगै चैते धान लगाउने किसानलाई बिक्रीको समस्या
- कृषि टि.भी.
- २ साल अघि
- १६ पटक पढिएको

वर्षा सुरु भएसँगै चैते धान लगाउने किसानलाई हरेक वर्षझै यसवर्ष पनि चिन्ताले सताएको छ । नियमितजसो आइरहेको वर्षाले उनीहरुलाई धान सुकाएर बिक्री गर्न समस्या थपिएको छ । यसैबीच झापाको कचनकवल गाउँपालिका ५ कि किसान निरमाया रिजाललाई पनि सोही समस्याले पिरोलेको छ ।


करिब ६ बिघा जग्गामा लगाएको खेतीमा ९ सय मन धान फल्ने उहाँको भनाई छ । तर धान बिक्री गर्न यसवर्ष समस्या हुने स्थानीय किसान रिजालले बताउनुभयो । उनीसँगै जिल्लाका अधिकांश किसानलाई धान रोप्ने बेलामा बिक्री होला कि नहोला भन्ने दोधार हुँदै रोप्नुपर्ने बाध्यता छ । गतवर्ष भद्रपुर नगरपालिका १ का किसान भरत राजबंशीको करिब ९० क्विन्टल धान सुकाउन नसक्दा खेर गएको बताइएको छ । स्थानीय किसानहरुका अनुसार सुपरजोनले खेती लगाउन सिकाए पनि बजारीकरणमा पहल गर्न सकेको छैन । जिल्लामा सञ्चालित धान सुपरजोन परियोजना अन्तर्गत गतवर्ष १ हजार ५ सय हेक्टर जमिनमा कचनकवल क्षेत्रमा धान लगाइएको थियो । तर सोही कार्यक्रम पछि जिल्लाभर लागू भएपनि यसवर्ष १ हजार २ सय हेक्टर जमिनमा मात्र किसानले धान लगाएका छन् । यता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बरिष्ठ कृषि विकास अधिकृत रविन्द्र सुवेदीका अनुसार गतवर्षको उत्पादन ८ हजार ७ सय मेट्रिकटन र यसवर्ष अनुमानित उत्पादकत्व ६ हजार ९ सय ६० मेट्रिकटन रहेको छ ।

