- Loading...
दाङ जिल्लामा रासायनिक मल अभाव
- कृषि टि.भी.
- ३ साल अघि
- २३ पटक पढिएको

खेतीपातीका समयमा दाङ जिल्लामा रासायनिक मल अभाव देखिएको छ । मल आपूर्तिको जिम्मा पाएको कृषि सामाग्री कम्पनी लिमिटेडले किसानको मागबमोजिम मल उपलब्ध गराउन नसक्दा किसान समस्यामा परेका छन् । जिल्लामा कम्पनीले मल पर्याप्त मात्रामा नभएको जनाउँदै किसानको मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ ।


यस्तै परिवर्तन कृषि सहकारी संस्थाले किसानलाई खेतीपातीका लागि आवश्यक पर्ने दुई सय बोरा अनुदानको मल माग गरेकोमा युरिया र डीएपी ३० बोरा मात्र पाइएको संस्थाका व्यवस्थापक प्रेम तिवारीले जानकारी दिनुभयो । सहकारीमा सोमबार मल लिन आएका किसान सुन्दरलाल चौधरी पनि रित्तै फर्किनुपरेको थियो । यतिबेला ढुवानी बन्द हुँदा जिल्लाका घोराही, तुलसीपुर र लमही नगरपालिकामा मल अभाव देखिएको हो । तर जिल्लामा लकडाउनका समयमा पनि ढुवानी भएर आएको मल सबै सहकारीलाई वितरण गरेको कम्पनीको दावी छ । यता कृषि सामाग्री कम्पनी घोराहीका प्रमुख विष्णुप्रसाद केसीले भने घोराहीमा डीएपी केही मात्रामा भए पनि युरिया भने नभएको जानकारी दिनुभयो । उहाका अनुसार जिल्लामा यसअघि नियमित मल आएपनि पछिल्लो समय अभाव देखिएको छ । कम्पनीको सिफारिसमा इच्छुक सहकारीले भने भैरहवाबाट मल ल्याउने गरेको प्रमुख केसीको भनाई छ ।

