- Loading...
परम्परा तोड्दै कर्णालीमा कालीमार्सी धान रोपाई गरियो
- कृषि टि.भी.
- २ साल अघि
- ७१ पटक पढिएको

जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको कर्णालीकै धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरभित्रको खेतमा कालीमार्सी धान रोपिएको छ । प्राचीनकालदेखि बाजागाजासहित रोपिने खेतमा यसपटक भने कोरोनाका कारण मास्क लगाई सामाजिक दुरी कायम गरी रोपिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका खरिदार रत्न आचार्यले बताउनुभयो ।


गुठी व्यवस्थापन समितिले यसअघि प्रत्येक वर्ष विधिवत् रुपमा रोप्दै आए पनि यसवर्ष कोरोना भाइरस जोखिमका कारण कुनै पनि धार्मिक गतिविधि नगरी खेतमा मार्सी धान रोपिएको गुठि व्यवस्थापन समितिले जनाएको छ । उक्त धान जुम्लाको पहिचान भएको पनि स्थानीय जानकारहरुले बताएका छन । मन्दिरको खेतमा उत्पादित धानको चामल परम्परागत रुपमा अक्षता चढाउन प्रयोग हुने गरेको छ । मन्दिरको खेतमा मार्सीधान रोपाइँका लागि सबै क्षेत्रबाट सहयोग हुँदै आएको छ । यस्तै मार्सी चामलले बजार पाउन थालेपछि धान जोगाउन स्थानीयवासीले पनि अगुवाइ गर्दै आएका छन् । स्थानीय महिला, विद्यार्थी, शिक्षकलगायतको सहभागितामा रोपिने उक्त खेतमा यसपटक कोरोनाका कारण मन्दिर वरपरका बासिन्दा र चन्दननाथ सहकारीको सहयोगमा धान रोपिएको सहकारी प्रमुख ऋषिराम पाण्डेले बताउनुभयो । त्यस मन्दिरको २४ मुरी खेतमा प्रत्येक वर्ष हर्षबढाईका साथ मार्सीधानको रोपाई गरिदै आएको छ ।

