- Loading...
कृषिमा आधुनिक प्रविधि प्रयोग गर्नेतर्फ रुपन्देहीका किसानहरुको आकर्षण
- कृषि टि.भी.
- २ साल अघि
- ९ पटक पढिएको

कृषिमा आधुनिक प्रविधि प्रयोग गर्नेतर्फ रुपन्देहीका किसानहरुको आकर्षण बढदै गएको छ । त्यस अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानहरुलाई थप मद्धत पुगेको छ । परम्परागत कृषिलाई आधुनिक प्रविधि एवम् यान्त्रिकीकरणको माध्यमबाट आधुनिक कृषितर्फ लैजान सहयोग पुगेको रुपन्देहीका किसानहरुले बताएका छन् ।


पछिल्लो समय उनीहरुमा आधुनिक प्रविधि र यान्त्रिकीकरणमा आकर्षण बढदै गएको र त्यसको प्रयोगले समयको बचत, उत्पादनमा वृद्धि र खर्चमा समेत कमि हुँदै गएको बताइएको छ । स्थानीय किसानलाई प्रविधिमैत्री बनाउन सोही परियोजनाले थप टेवा मिलेको सम्बन्धित क्षेत्रका अधिकारीहरुले जानकारी दिएको छ । परियोजनामार्फत पराम्परागत कृषि प्रणालीलाई यान्त्रिकीकरणको माध्ममबाट त्यसलाई उकास्ने लक्ष्य लिएको छ । कृषि ज्ञान केन्द्र नवलपरासीले पनि सोही कार्यक्रम अन्र्तगत जिल्लाका किसानहरुलाई कृषि उपकरण प्रदान गरेको छ । यता रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ मा रहेको चारपाते धान पकेट सञ्चालक समितिलाई केन्द्रले ५० प्रतिशत अनुदानमा कृषि उपकरण उपलब्ध गराएको छ । परियोजना अन्तरगत सिँचाईको लागि कृषि बोरिङ्ग, पम्पिङ्ग सेट, मोटर, स्प्रे ट्यांकी, प्राङ्गरिक मल लगायतको कृषि उपकरण समितिलाई प्रदान गरिएको हो । सोही परियोजना अन्तर्गत पकेट क्षेत्र, ब्लक, जोन तथा सुपर जोन विकास कार्यक्रम गरी ४ वटा क्षेत्रहरु रहेका छन ।

