FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तोकिएको मूल्य नपाएपछि इलामका किसान आन्दोलित

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    Post Thumbnail

    हरियो चियापत्तीको तोकिएको मूल्य नपाएपछि इलामका किसान आन्दोलित बनेका छन् । चिया प्रशोधन उद्योगहरूले स्थानीय सरकारले तोकेभन्दा कम मूल्य दिने भएपछि किसान असन्तुष्ट बनेका हुन् । जिल्लामा चियाको मुख्य उत्पादन हुने सूर्याेदय नगरपालिकाले २०७५ सालमै हरियोपत्तीको न्यूनतम् समर्थन मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकेको छ ।

    जनप्रतिनिधि, उद्योगी, किसान र चिया तथा कफी विकास बोर्डसमेतका प्रतिनिधिको सहभागितामा नगरले हरियोपत्तीको न्यूनतम् मूल्यसम्बन्धी कानुन नै पारित गरिसकेको छ । तर उद्योगीले नगरले तोकेको मूल्य दिन नसक्ने भन्दै प्रतिकिलो २० देखि ३० रुपैयाँसम्म तोकेपछि किसानले विरोध जनाएका हुन् । उद्योगीले तोकेको मूल्य चित्त नबुझेको र नगरले पहिले तोकेकै मूल्यलाई न्यूनतम् कार्यान्वयन गर्नुपर्ने भन्दै किसालने प्रदर्शनसमेत गरेका छन् । उद्योगले दिने भनिएको मूल्यले हरियोपत्तीको लागतसमेत नउठ्ने भन्दै किसानहरुले हरिपत्ती उद्योगमा लैजान रोकिदिने चेतावनीसमेत दिएका छन् । देश लकडाउनमा रहेकाले आफूहरूलाई हातमुख जोर्नै समस्या हुन लागेका बेला ‘उद्योगले समेत भोको पेटमा लात हान्न खोजेको’ चिया किसानहरुले आरोप लगाएका छन् । उनीहरूले लकडाउन बहानामा सरकारले तोकेको मूल्यभन्दा कम नदिन उद्योगको ध्यानाकर्षण गराएका छन् । सूर्याेदय नगरपालिका–४ का चिया किसानले स्थानीय इलाम टी प्रोड्युसर्स प्रालिलाई ज्ञापनपत्र बुझाउँदै नगरले तोकेकै मूल्यमा चिया खरिद गर्न आग्रह गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित