- Loading...
मौरीपालनसँगै नर्सरीमा किसानको रुची
- कृषि टि.भी.
- २ साल अघि
- ८ पटक पढिएको

पछिल्लो समय मौरीपालन पेसा अंगाल्नु भएका गल्याङ नगरपालिका ८ करादी स्याङजाका किसान अहिले आफ्नै नर्सरीमा रमाउन थाल्नुभएको छ । तर अन्य रोजगारीको विकल्प नभएका त्यस्ता किसानहरुलाई सरकारी निकायबाटसमेत सहयोग नमिलेको कतिपय किसानहरुको गुनासो छ । जैबिक विविधता तथा मौरी अध्यन केन्द्र स्याङजाका किसान गणेशप्रसाद अधिकारी यतिखेर आफनै फार्ममा रमाउन थाल्नुभएको छ ।


परंपरागत रुपमै बुवाले गर्नुभएको पेशालाई आधुनिक शैलीमा परिबर्तन गरी ब्यबसाय सुरु गर्नुभएको हो । किसान अधिकारीले मौरीको मह मात्र बिक्री नगरी मौरीसहितको घारसमेत बिक्री गर्दै आउनुभएको छ । अर्गानिक मह उत्पादन मुख्य लक्ष्य भएकै कारण उहाँको मह बिक्रीमा कुनै समस्या नरहेको किसान अधिकारीको दावी छ । अहिले उहाको फार्ममा १५० मौरीका घार छन भने बिभिन्न प्रजातीका वनस्पतिका बिरुवा लगाउनुभएको छ । त्यसमध्ये जाईफल, कपुर, नारीवल, सिन्दुर, सुपारी सहित कागती, तेजपत्ता, टिमुर, र नाराबेथेलगायतका १ हजार ८ प्रजातीका बोटबिरुवा समेत अबलोकन तथा खरिद गर्न बिभिन्न जिल्लाका सेवाग्राही आउने गरेका छन । स्थानीय निकायबाट कृषि तथा किसानलाई सहयोग भए ब्यबसाय अझ फस्टाउने अधिकारीको भनाई छ ।

