- Loading...
१ लाख टन रासायनिक मल बाटोमै रोकियो
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको

आयातको सम्पूर्ण प्रक्रिया पूरा भए पनि एक लाख टन रासायनिक मल बाटोमै रोकिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भारतबाट मल आयातको प्रक्रिया अघि बढाएको छ । केही मल आयातको क्रममा रहे पनि भारतीय पक्षले असहयोग गर्दा मल आयातमा अवरोध पुगेको छ । भारतमा लकडाउन भएपछि कोलकाता बन्दरगाहमा नेपालको मल ब्यागिङ र लोड÷अनलोड बन्द हुँदा मल रोकिएको थियो ।


लकडाउन खुकुलो भएसँगै आयात प्रक्रिया सहज भएपनि अझै ढिलाइ भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै गुजरातको कान्डला बन्दरगाहमा पनि २१ हजार ५ सय टन युरिया मल १ महिना १५ दिन अघिदेखि रोकिएको मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले बताउनुभयो । कोलकाता बन्दरगाह बन्द भएकाले डेढ महिनापछि ५० हजार टन मल कान्डला बन्दरगाहबाट भित्र्याउने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । जेठ पहिलो साता आइपुग्नुपर्ने मल लडकाउन खुकुलो भएपछि प्रक्रिया अगाडि बढाइए पनि आइपुग्न भने अझै डेड महिना लाग्ने बताइएको छ । मन्त्रालयले रासायनिक मल बढी आवश्यक पर्ने समय असार दोश्रो सातासम्म सबै परिमाणको मल आयात गरी किसानलाई वितरण गर्ने योजना अनुसार सम्पूर्ण काम समयमै पूरा गरिसकेको बताइएको छ । तर १ लाख टन मल कोरोना महामारीका कारण हालसम्म बाटोमै रोकिएकोे छ ।

