FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बोइलर कुखुराको अभाव भएपछि नेपालगञ्जका मासु व्यवसाय संकटमा

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    पछिल्लो समय नेपालगन्ज क्षेत्रका मासु् व्यवसाय धरासायी बन्दै गएको छ । करिब अढाई महिनाको लकडाउनको प्रभावले त्यस्ता धरासयी संकटमा पर्दै गएको हो । लकडाउनको अवधिमा पसल लगायत यातायातसमेत बन्द भएपछि कुखुरालाई खुवाउने दानाको मुल्यबृद्धि हुँदा त्यसको मासुमा समेत मुल्यबृद्धि भएको छ । दानाको मुल्य बढेसँगै किसानहरुले समेत फार्मबाटै जिउदो कुखुरा प्रतिकेजि ३ सय रुपैयामा बिक्रि गर्न थालेका छन् ।

    नेपालगन्जमा उत्पादन भएको कुखुराले बढिमा अबको एक सातामात्रै धान्न सक्ने र भारतबाट बोइलर कुखुरा ल्याउन पनि सिमा बन्द भएकाले कुखुरा अभावमा व्यवसाय जोखिममा परेको स्थानीय मासु व्यवसायी नजिर कुरैसीले बताउनुभयो । नेपालगन्ज क्षेत्रमा कुखुरा नपाउने तथा पाएपनि प्रतिकेजि ३ सय रुपैयाको दरले फार्मबाटै किनेर ल्याएको अर्का मासु व्यवसायी राजु क्ुवँरले बताउनुभयो । यस्तै दानाको मुल्यबृद्धि भएयता कुखुराको मासुको मुल्यमासमेत बृिद्ध गरेको व्यवसायीहरुको भनाई छ । दानाको मुल्य अनुसार कुखुराको पनि मुल्यबृद्धि नगरे लागानी दुब्ने कुखुरा फार्म सञ्चालक राधेश्यम भुजुवाले बताउनुभयो । यता लकडाउनकै कारण धेरै दिन रोकिएको मासु बिक्रि गरेको अनुगमन टोलीले भेटेपछि नेपालगन्जका केही मासु पसललाई कारवाही गरेको, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृणा पौडेलले बताउनुभयो । अढाई महिनाअघि ३ हजार ३ सयमा खरिद बिक्री भइरहेको दानाको मुल्य बृद्धि पछि ४ हजार ५ सय रुपैयामा व्यापारीहरुले बिक्रि गर्न थालेका छन । त्यसको अनुगमन तथा कार्वाही गर्ने अधिकार प्राप्त निकाय भने त्यस विषमा बेखवर जस्तै देखिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित