FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नेपाली अलैँची निर्यात फेरि रोकियो

    • कृषि टि.भी.
    • २ साल अघि
    • २३ पटक पढिएको
    Post Thumbnail

    अढाई महिनापछि खुलेको अलैँची निर्यात फेरि रोकिएको छ । व्यवसायीले ट्रकमा लोड गरेर भारततर्फ पठाएको १ सय ३५ ट्रन अलैँची झापाको काँकरभिट्टा नाकामा रोकिएको हो । नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय सदस्य सुजित बंसलका अनुसार लकडाउनपछि गत साता ९ ट्रक अलैँची भारत निर्यात भएको थियो । त्यसयता फेरि रोकिएको व्यवसायीहरुले बताएका छन । भारतको केन्द्र सरकारले नरोकेपनि पश्चिम बंगाल सरकारले लकडाउनको कारण देखाउदै रोकेको हो ।

    अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीका अनुसार नेपालस्थित भारतीय दूतावासमा त्यस विषयमा छलफल गर्ने प्रयास भइरहेको छ । भारतबाट खाद्यान्न, निर्माण सामाग्री, तरकारीलगायत वस्तु लिएर आएका ढुवानी साधनमा अलैचीं लैजानुपर्ने माग व्यवसायीको छ । अहिले लोड गरेका ट्रकले हतार गर्न थालेका छन भने उता पश्चिम बंगाल सरकारबाट पनि अनुमति दिएको छैन । व्यवसायीहरुका अनुसार नेपालको अलैँचीको सबैभन्दा ठूलो बजार भारतको दिल्ली र कानपुर बताइएको छ । अहिले झापाका व्यवसायीको गोदाममा राखिएको अलैँची पठाउन लागिएको छ । उनीहरुले किसानसँग भने अलैँची खरिद गरेका छैनन् । गोदामको बिक्री भएपछि मात्रै खरिद गर्ने तयारीमा रहेको व्यवसायीहरुको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित