FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बैज्ञानिक वन ब्यबस्थापन अन्तर्गत वृक्षारोपण यसवर्ष पनि निरन्तरता

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २४ पटक पढिएको
    Post Thumbnail

    अहिले बैज्ञानिक वन ब्यबस्थापन सम्बन्धि विभिन्न अवधारणाहरु आएपनि त्यसको प्रभाव खासै देखिएको छैन । वन ब्यबस्थापनमा जंगल जोगाउनुपर्छ भन्ने भावनात्मक विकास हुनु सकरात्मक कुरा हो । तर बैज्ञानिक बन बनाउनु भनेको जंगल बनाउनु मात्र चाँहि होइन, अझै त्यसलाई व्यबस्थित ढंगले वनको संरक्षण र सम्बर्द्धन गर्नु हो । यस्तै उदाहरण मोरङको सुन्दरहरैंचा नगरपालिकाको वडा ७ मा रहेको सृजना सामुदायिक बन उपभोक्ता समितिले गरेको छ । समितिले बैज्ञानिक वन ब्यबस्थापन कार्यक्रम अन्तर्गत बर्षैपिच्छे गर्दै आएको वृक्षारोपणले यसवर्ष पनि निरन्तरता पाएको छ ।

    मोरङको सुन्दरहरैंचा नगरपालिक (७ मा रहेको सृजना सामुदायिक बन उपभोक्ता समितिले बर्षै पिच्छे गर्दै आएको बृक्षारोपण रोपन कार्यक्रम यो बर्ष पनि गरेको छ । २०६० सालदेखी सृजना सामुदायिक बन उपभोक्ता समितिको स्थापना भएपछी अहिले १ हजार २ सय उपभोक्ता सो समुहमा रहेको छ । सामुदायिक बनमा २०६५ सालदेखि हालसम्म सोही भक्तीप्रसाद सिटौलाले अध्यक्षता समाल्दै आएको छ । बैज्ञानिक बन ब्यबस्थापान र अबधारणा आएपनी अहिले मोरङको बनमा बृक्षारोपण कार्य गरेको देख्न सकिन्छ । झन्डै १ हजार बिघामा फैलिएको सृजना सामुदायिक बनमा ४ बटा पल्ट रहेको छ । प्रत्येक वर्ष रोप्दै आएको बृक्षारोपण कार्यक्रममा हालसम्म १४ हजार बोट १४ बिघामा बृक्षारोपण गरेको समुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सिटौलाले जानकारी दिनुभयो । ५० रुपैयाँ उपभोक्ताबाट मासिक रुपमा उठाएर निगरानिमा संरक्षण सम्बर्दन गर्दै आएको छ अध्यक्ष सिटौलाको भनाई छ । पुरानो रुखहरु कटान गरेर यसबर्ष ३ बिघा क्षेत्रफलमा सामुदायिक बनको आफ्नै खर्चमा घेराबार गरेर सलकपुर सब(डिभिजन बन कार्यलायबाट निस्शुल्क १ हजार जामुन र १ हजार सतीसाल गरि २ हजार सामुदायिक बनलाई बितरण गरेको बन अधिकृत लालबहादुर माझीको भनाई छ ।सलकपुर सबडिभिजन बन कार्यलयले निशुल्क बितरण गरेको छ सो डिभिजन कार्यालका अधिकृत लालबहादुर माझिले फलफुलका बिरुवा लगायत २ हजार ३ सय जनालाई बितरण गरेको माझिको भनाई छ । त्यसैगरी मोरङमा सामुदायिक तथा साझेदारी बनहरुले १६ स्थानबाट ८ लाख बिरुवा उत्पादन गरेर रोप्ने डिभिजन बन कार्यलय मोरङको अधिकृत बिशाल घिमिरेको भनाई छ । वृक्षारोपण गरेर मात्र होइन बिरुवालाई मलजल गरि हुर्काउन उतिकै मेहनत पनि उतिकै चाहिन्छ । बर्षे पिच्छे सामुदायिक बनले गरेको कृत्रिम बृरक्षारोपण कार्यले बनको संरक्षण र प्राकृतिक स्वरुपको सुन्दरता त बढ्न सक्छ । अर्को तर्फ भने बन तस्करीका घट्नामा न्यूनीकरण गर्न र बन संरक्षण गर्न स्थानिय उपभोक्ताले नै महत्वपूर्ण भूमिका खेल सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित