- Loading...
फौजी किराले १४ हजार २ सय ६४ हेक्टरको धान बालीमा क्षति
- कृषि टि.भी.
- २ साल अघि
- १० पटक पढिएको

बाँके र बर्दियामा यसवर्ष फौजी किराले १४ हजार २ सय ६४ हेक्टर क्षेत्रफलको धान बालीमा क्षति भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार फौजीबाट १५ हजार ३ सय ६ घरधुरी प्रभावित भएका छन । बाँकेमा मात्र ९० प्रतिशत बालीमा क्षति भएको केन्द्रले बताएको छ ।


जिल्लाका १३ हजार ३ सय ९१ हेक्टरको धान उत्पादनमा क्षति भएको एक अध्ययनले देखाएको छ । त्यसबाट जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी राप्ती सोनारी गाउँपालिकामा मात्र ७ हजार ७ सय ७४ हेक्टर क्षेत्रफलमा क्षति भएको केन्द्रको दावी छ । यस्तै डुडुवामा २ हजार १ सय ३२ हेक्टर, जानकीमा १ हजार ८ सय हेक्टर र नरैनापुरमा एक हजार पाँच सय ६९ हेक्टरमा क्षति भएको छ । बर्दियाको ८ सय ७३ हेक्टरमा लगाइएको धानमा क्षति भएको छ । जिल्लाको मधुवन नगरपालिकामा ३ सय ८६ हेक्टर, बाँसगढी नगरपालिकामा २ सय हेक्टर र ठाकुरबाबा नगरपालिकामा १ सय ३९ हेक्टरमा क्षति भएको छ । गत वर्षको उत्पादनसँग तुलना गर्दा यसवर्ष किसानले बाँकेमा ५६ करोड ९४ लाख रुपैयाँ र बर्दियामा ४४ करोड ५५ लाख रुपैयाँ गरी किसानले एक अर्बभन्दा बढीको क्षति व्यहोर्नुपरेको छ । चालु आर्थिक वर्षमा धानसहित बाँके र बर्दियामा खाद्यान्न बाली, दलहन, तेलहन, लहरे बाली र तरकारीमा कम्तीमा पनि ४ प्रतिशतदेखि बढीमा ७६ प्रतिशतसम्म क्षति भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ । तर बमौसमी वर्षाका कारण यसवर्ष दुवै जिल्लामा गहुँको उत्पादन भने बढेको पाइएको छ ।

