- Loading...
हावाहुरी र असिनापानीले गोलभेडा खेतीमा करोडौंको क्षति
- कृषि टि.भी.
- २ साल अघि
- १८ पटक पढिएको

बुधबार दिउँंसो भक्तपुरमा आएको हावाहुरी र असिनापानीले व्यवसायिक गोलभेडा उत्पादक किसान मारमा परेका छन । सयौं रोपनीमा लगाइएको खेतीमा क्षति पु¥याई लाखौंका गोलभेडा नष्ट भएका छन् । व्यवसायिक उत्पादनमा लागेमा त्यस्ता फार्मका गोलभेडामा क्षति पुगेसँगै उनीहरुको कृषि उद्यम संकटमा परेको बताइएको छ । यतिबेला पानी पर्दा धान रोपाईका लागि किसानहरु खुसी देखिएपनि गोलभेडा उत्पादक किसानहरु विचलित भएका छन् । पानीसँगै हावाहुरी र असिनाले गोलभेडासहितको नगदेबाली नष्ट भएको हो ।


भक्तपुरको चाँंगुनारायण नगरपालिका ३ झौखेलमा गोलभेडा खेती गरिरहनुभएका तुल्सीराम धुख्वाले सयौं किसानका फार्मका टनेल भत्किएको जानकारी दिनुभयो । परम्परागत रुपमा धान र गहुँं खेतीमा सिमित स्थानीयले नगदेबालीबाट उत्थान होला भन्दै गोलभेडा लगाएको बताइएको छ । तर हावाहुरीले टनेल खेतीसँगै मकैंका बोटहरुमा पनि क्षति पुर्याएका छन् । जिल्लाको झौखेल, दुवाकोट, ताथली, सुडाल तथा बागेश्वरी क्षेत्रका अधिकांस कृषि फार्महरुमा हावाहुरीको प्रभाव परेको छ । पीडित किसानहरुले आफुहरुको व्यवसायमा असिनापानीले क्षति पु¥र्याएको भन्दै शुक्रबार कृषि ज्ञान केन्द्र ललितपुरमा लिखित निवेदनसहित क्षतिपूर्तिको माग गरेका छन् । जेठ २८ गते दिउँसो २ बजेदेखि ४५ मिनेटसम्मको निरन्तरको हावाहुरी तथा असिनापानीले व्यवसायमा असर गर्दा उनीहरुको व्यवसाय संकटमा परेको निवेदनमा उल्लेख छ ।

