FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कैलाली र कञ्चनपुरका किसानलाई लकडाउन र बेमौसमे झरीले सास्ती

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २९ पटक पढिएको
    Post Thumbnail

    हिउँदे झरीबाटै कृषि उपजमा नोक्सान सहँदै आएका कैलाली र कञ्चनपुरका किसान लकडाउन र बेमौसमे झरीले झन् थला परेका छन । दुवै जिल्लामा दलहन बाली, केरा र तरकारीमा गरी किसानले यसवर्ष साढे ३२ करोडको नोक्सान सहनुपरेको छ ।

    कैलाली र कञ्चनपुर जिल्ला हेर्ने कृषि ज्ञान केन्द्र महेन्द्रनगरको तथ्यांक अनुसार फागुन र चैतमा भित्राउने मसुरोमा मात्रै किसानले ३० करोडको नोक्सान व्यहोरेका छन् । त्यस्तै केरा र तरकारीमा पनि दुवै जिल्लामा अढाई करोडको नोक्सानी भएको छ । हिउँदमा परेको अविरल वर्षाले, सबैभन्दा बढी मसुरो उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्र महेन्द्रनगरका प्रमुख रामचन्द्र भट्टले मसुरोमा २० प्रतिशतको नोक्सान भएको बताउनुभएको छ । कैलालीमा २१ हजार र कञ्चनपुरका ५ हजार हेक्टरमा मसुरो खेती गरिएको थियो । यसवर्ष गतवर्षभन्दा ५ हजार टन मसुरो कम उत्पादन हुँदा त्यसको प्रत्यक्ष नोक्सानी किसानलाई भएको छ । हिउँददेखि नै कृषि उपजमा नोक्सान सहन बाध्य भएका किसानलाई लकडाउन र वैशाखे झरीले झन् नोक्सान पु¥याएको छ । कैलाली र कञ्चनपुरमा लकडाउनकै कारण केरा किसानले डेढ करोडको नोक्सान व्यहोरेका छन् । ज्ञान केन्द्रको तथ्यांक अनुसार कैलालीमा एक हजार हेक्टर क्षेत्रफल र कञ्चनपुरका ५ सय हेक्टरमा केरा खेती गरिदै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित