
- Loading...
धानको ब्याडलाई रासयनिक मलको अभाव
- कृषि टि.भी.
- २ साल अघि
- १९ पटक पढिएको

अन्नभण्डारको रुपमा परिचित तराईलगायत देशभर अहिले धानका लागि ब्याड राख्ने बेला भएको छ । यसअघि धानको ब्याड राख्दा किसानहरुले मल राखेर ब्याड बनाउदै आएका थिए । तर यसवर्ष हालसम्म ब्याड राखेका अधिकांस किसानहरुले मल विना नै राखेका छन । पछि सहज भएमा टपडेस गर्ने गरी ब्याड राखेको कतिपय किसानहरुले बताएका छन ।


अघिल्ला बर्षहरुमा स्थानिय तहहरुले अनुदानको मल वितरण गरेपनि यसबर्ष भने प्रदेश ५ का १ सय ९ वटै स्थानिय तहले अनुदानको मल दिन सकेको छैन । केही स्थानिय तहले थोरै मात्रामा अनुदानको मल वितरण गरेपनि प्रयाप्त नभएको किसानहरुले बताएका छन । विगतका बर्षहरुमा सरकारले समयमै मल खरिद गरी स्टक राख्ने र किसानहरुलाई सहज रुपमा उपलब्ध गराउने गरेपनि अहिले विश्वभर फैलिएको कोरोना भाईरसका कारण समस्या भएको बताउदै आएको छ । प्रदेश ५, सुदुरपश्चिम र कर्णाली प्रदेशमा मल ढुवानीको जिम्मा रुपन्देहीको भैरहवामा रहेको कृषि सामाग्री केन्द्रको हो । तर केन्द्रको गोदाममा १ हजार ९ सय ८३ मेट्रिकटन मात्रै डीएपी छ । कृषि सामाग्री केन्द्र भैरहवाका प्रमुख अजयकुमार श्रीवास्तवका अनुसार कोरोना महामारीको संक्रमण र मजदुर अभावमा मल ढुवानी हुन सकेको छैन । केन्द्रले खरिद गरेको साढे १२ हजार मेट्रिकटन र साल्ट ट्रेडिङ कर्पोरेशनको पनि सोही मात्राको डीएपी भारतको कोलकातामै रोकिएको छ ।

