- Loading...
मुलुकभर धान रोपाँई शुरु भए पनि रासयनिक मलको अभाव
- कृषि टि.भी.
- ३ साल अघि
- २४ पटक पढिएको

अहिले दिनहुँ भइरहेको वर्षाका कारण मुलुकभर धान रोपाई हुन थालिसकेको छ । मानो रोपेर मुरी उब्जाउने असारकै बेला देशैभर रासायनिक मलको चरम अभाव भएको छ । किसानलाई अहिले धान रोपाई कै लागि चाहिएको रासायनिक मल थप कहिले आइपुग्छ भन्ने टुंगो छैन । धान रोप्नेदेखि हुर्काउने वेलासम्म मुलुकभर ६५ हजार टन युरिया मलको आवश्यकता पर्ने विभिन्न तथ्यांकले देखाएको छ ।


सरकारी अनुदानको मल वितरण गर्ने दुई निकाय साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनीसँग भने करिब ६ हजार टन युरिया छ । उक्त मल पनि दैनिकजसो वितरण भैरहेकाले दुईवटै संस्थाको गोदाम रित्तिदै गएको छ । यता मुलरकभर किसानलाई मलको हाहाकार फैलिएपनि मल ल्याउने विषयमा सरकारी निकाय बहानाबाजीमै अलमलिएका छन । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलका अनुसार ५० हजार टन युरियाका लागि टेन्डर भइसकेको छ । तर टेन्डर पार्ने नेपाली एजेन्टले मल ल्याउन अझै प्रतीतपत्र खोलेका छैनन । चीन र रसियाबाट २५÷२५ हजार टन युरिया ल्याउने भनिए पनि लकडाउनले बाधा गरेको सरकारी अधिकारीहरुले बताएका छन । असार लागेसँगै किसानले रोपाइँ सुरु गरेपनि मुलुकमा रासायनिक मलको अभाव छ । तर मल आयातको जिम्मा पाएका सरकारी कम्पनीले भने कुन देशबाट ल्याउने भन्ने अझै टुंगो लगाउन सककोे छैन ।

