FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • किसानलाई अझै करिव १५ करोड रुपैयाँ भुत्तानी गर्न बाँकी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२ पटक पढिएको
    Post Thumbnail

    पहिलो टिपाईको तयारी चिया, हरेक चिया उद्योगका गोदाममै थन्किएको छ । अहिले दोस्रो चरणको चिया टिपाई पनि सुरु भएको छ । तर चैतदेखिकै बन्दाबन्दीका कारण निकासी हुन नसकेको तयारी चिया गोदाममै थन्किएपछि उद्योगहरूले किसानको रकम अहिलेसम्म दिएका छैनन ।

    इलामका सूर्योदय नगरपालिकामा रहेका चिया उत्पादक किसानहरुले उद्योगहरूबाट करिब १५ करोड रुपैयाँ पाउन बाँकी छ । नगरपालिकामा सूर्याेदय टि प्रोड्युसर्स एसोसिएसनमा आबद्ध ६२ चिया उद्योगको मात्रै करिब साढे १० लाख किलोे तयारी चिया गोदाममा रोकिएको छ । फस्र्ट फ्लसको चिया भारत निकासी गर्न नसक्दा उद्योगले किसानको रकम भुक्तानी गर्न नसकेको एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिनुभयो । सचिव कट्टेलका अनुसार यसअघि तोकेको मूल्यमा समेत समस्या देखिएको छ । किसान र उद्योगका लागि सरकारले चासो नदिएको पनि एसोसिएसनले बताएको छ । पछिल्लो समय चिया क्षेत्रमा समस्या चुलिँदै जाँदा राहतको प्याकेजसहित उनीहरुलाई सहयोग गर्न सरकारसँग आग्रह गरेको छ । एसोसिएसनले बिक्री मूल्य अनुसार खरिद मूल्य राख्न पाउनुपर्ने, लागतभन्दा कम मूल्यमा बिक्री गर्नु परे नगरपालिकाले लिने करमा छुट दिइनुपर्ने, किसानलाई मलमा छुट दिनुपर्नेजस्ता नगरपालिकासँग माग गरेको छ । यता नगरपालिकाले तोकेको मूल्य प्रतिकिलो न्यूनतम ४० रुपैयाँभन्दा कम अर्थात प्रतिकिलो २० देखि ३० रुपैयाँ उद्योगहरूले तोकेपछि किसान असन्तुष्ट छन् । तर उनीहरुले नगरपालिकाले तोकेको मूल्य दिनुपर्ने भन्दै विरोध प्रदर्शन नै गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित