FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • किसानलाई हौसला प्रदान गर्न उपहार कार्यक्रम संचालन

    • कृषि टि.भी.
    • २ साल अघि
    • २५ पटक पढिएको
    Post Thumbnail

    कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ ले किसानलाई हौसला प्रदान गर्न उपहार कार्यक्रम संचालन गरेको छ । उपहार कार्यक्रममा किसानको ४० प्रतिशत र ६० प्रतिशत वडाको लगानी रहने वडाअध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो ।

    चालु आर्थिक वर्ष वडाबाट बिनियोजन गरेको ५ लाख रुपैँयामा वडाका ४७ जना किसानलाई सिचाई सामाग्री र घाँस काट्ने मेसिन बितरण गरेको छ । आईतबार वडा कार्यालयमा पुगेका उनीहरुलाई उक्त सामाग्री बितरण गरिएको छ । वडाका अधिकांश नागरिकहरुले कृषि पेशा गरेको भन्दै वास्तविक किसानले सामाग्रीहरु पाएको वडाअध्यक्ष सापकोटाले बताउनुभयो । कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले नगरले पनि किसानलाई प्राथमिकतामा राखेको भन्दै वडाले वार्षिक योजनामा किसान लक्षीत कार्यक्रम राखेर किसानलाई सहज बनाएको बताउनुभयो । घाँस काट्ने मेसिन २७ थान, सिचाईको लागि पानी तान्ने ५ थान मोटर र ५ थान पम्पसेट वितरण गरिएको वडा अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित