FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मन्त्रीका भाई, स्वकीय सचिव, सवारी चालक, दलका नेता र आफनै पार्टी कार्यकर्तालाई सरकारी अनुदान वितरण गर्दै प्रदेश सरकार

    • कृषि टि.भी.
    • २ साल अघि
    • १३ पटक पढिएको
    Post Thumbnail

    चालू आर्थिक वर्ष सकिनै लाग्दा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रवद्र्धन शिर्षकमा चरम लापार्वाही गरेको छ । मन्त्रालयले नजिकका र पहुँच वालालाई झण्डै तीन करोड रुपैयाँ अनुदान वितरण सुरु गरेको छ । त्यस्ता अनुदान पाउनेको सुचिमा मन्त्रीका भाई, स्वकीय सचिव, सवारी चालक, दलका नेता तथा आफनै पार्टी कार्यकर्ता छन् ।

    मन्त्रालयले जारी गरेको कार्यविधिमा द्वन्द्वपीडित, बेरोजगार युवा, प्राविधिक अध्ययन गरेका र विदेशबाट आएका युवाहरूलाई अनुदान दिने उल्लेख छ । तर आफ्नै कार्यविधि विपरित मन्त्रालयले अनुदानको नाममा रकम वितरण गरेको छ । सामाजिक विकासमन्त्री दल रावलका स्वकीय सचिव नन्द रोकायलाई बाख्राको खोर निर्माण गर्न भन्दै दुई लाख ५० हजार र सवारी चालक सन्तोष रावललाई फलफुल तथा जडिबुटी प्रशोधन गर्न २ लाख ३० हजार अनुदान दिने भएको छ । यस्तै मन्त्री रावलकै भाई पूर्णबहादुर रावललाई स्याउ ओखर उत्पादन गर्न दुई लाख ३० हजार अनुदान दिने गरेर संझौता गरेको छ । हुम्लाबाटै प्रतिनिधित्व गर्ने संघीय सांसद छक्कबहादुर लामाका स्वकीय सचिव नेत्र महतरालाई दुई लाख ५० हजार र नेकपाको प्रदेश कमिटी सदस्य सुर्खेतको चिंगाड गाउँपालिकाका जीतबहादुर रानालाई चार लाख ५० हजार अनुदान दिने भएका छन । तर प्रदेश सरकारले दिने अनुदानका नाममा वितरण गर्ने करोडौ रकम यस्तै पहुँचवाला र नेताका वरिपरि मात्रै गएको स्थानीयले बताएका छन । त्यस्ता अनुदानमा साना किसानको पहुँच नपुग्नुले सरकारी अनुदान कत्ति प्रभावकारी बन्छ भन्नेमा नतिजा हेर्न बाँकी नै छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित